Techie IT
  • The Film Nepal
  • २०८३ असार १६ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारसदस्यतासम्बन्धी विवाद टुंग्याएर पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियनको आग्रह 

    सदस्यतासम्बन्धी विवाद टुंग्याएर पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियनको आग्रह 


    काठमाडौँ । नेपाल प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । अध्यक्ष शिव लम्सालको अध्यक्षतामा शनिबार बैठक काभ्रेको धुलिखेलमा सम्पन्न भएको हो ।

    कार्यसम्पादन समिति बैठकले गरेका निर्णय यस्तो : 

    १. नेपाल पत्रकार महासंघको निर्वाचनमा देखिएको ढिलाइप्रति नेपाल प्रेस युनियनको गम्भीर चासो रहेको छ । सदस्यतासम्बन्धी विवाद टुंग्याएर निर्वाचनमा देखिएको अन्योल हटाई पत्रकार महासंघको निर्वाचन सुनिश्चित गर्न युनियन आग्रह गर्दछ । प्रेस युनियनले नेपाल पत्रकार महासंघलाई सबै आस्था र विचार राख्ने व्यावसायिक पत्रकारहरूको छाता संस्थाका रूपमै अघि बढाउनुपर्छ भन्ने मूल्य, मान्यतालाई आत्मसात गर्दछ । सबै क्रियाशील पत्रकार तथा पत्रकारसम्बद्ध संस्थालाई समेटेर पत्रकार महासंघको निर्वाचनमा नेतृत्वदायी भूमिका लिएर अघि बढ्न आवश्यक पहलकदमी लिने ।

    २. नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि पहल गर्न तथा प्रेस युनियनमा नयाँ पत्रकारलाई आबद्ध गराउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र युनियनका शाखाहरूलाई परिचालन गरी २०८१ सालमा ‘पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने ।

    ३. प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरण मूल्यांकन न्यायोचित नभएको र विभेदपूर्ण रहेको युनियनको ठहर छ । राज्यले संरक्षण गर्नुपर्ने दायित्व रहेकोमा पत्रिकाको वर्गीकरण गर्दा ‘वर्ग’ घटाएर सार्वजनिक गरेको नतिजाका त्रुटि सच्याई आवश्यक प्रक्रिया पुर्याएर न्यायोचित रूपमा पुनः नतिजा सार्वजनिक गर्न प्रेस काउन्सिल नेपाललाई हार्दिक आग्रह गर्ने ।

    ४. श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्थाअनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई आग्रह गर्ने ।

    ५.सञ्चारमाध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, सुविधा वृद्धि गर्न, अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने ।

    ६.नेपाल प्रेस युनियन केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न गर्न आतिथ्य प्रदान गर्ने नेपाल प्रेस युनियन बागमती प्रदेश समिति र व्यवस्थापन गर्ने नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक शाखालाई विशेष धन्यवाद ज्ञापन गर्ने ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले

    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ|  डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति

    असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले…

    काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग

    Techie IT