Techie IT
  • The Film Nepal
  • २०८३ असार १७ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिएमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि

    एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि


    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही आज अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए ।

    राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले दलका नेताका हैसियतमा संसदको बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

    प्रधानमन्त्री ओलीको सपथ सोमबार विहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाको नवनिर्वाचित नेतृत्वको शपथ बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार आयोजना

    हुलाक सेवा आधुनिकीकरण नगरी प्रभावकारी सेवा सम्भव छैन : सञ्चारमन्त्री…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिकीकरण नगरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक

    अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध

    काठमाडौं । अविरल वर्षापछि दार्चुला–बैतडीमा पहिरो, सडक अवरुद्ध अविरल वर्षापछि दार्चुला र बैतडीका विभिन्न स्थानमा पहिरो खस्दा सडक तथा यातायात

    एमाले उपाध्यक्ष विष्णु पौडेल म्याद थपका लागि विशेष अदालतमा उपस्थित

    काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले

    सांसद थप जिम्मेवार र अध्ययनशील बन्नुपर्छ : सभामुख अर्याल

    काठमाडौँ|  डोलप्रसाद अर्याल ले सांसदका काम, व्यवहार र शैलीलाई जनताले विभिन्न माध्यमबाट निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति

    असार १२ सम्म ११.३३ प्रतिशत मात्रै धान रोपाइँ, मधेशमा सुख्खाले…

    काठमाडौं । यस वर्ष असार १२ गतेसम्म देशभर औसत ११.३३ प्रतिशत धान रोपाइँ भएको सरकारी तथ्यांकले देखाएको छ। कृषि विभाग

    Techie IT