Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचार‘संघ र प्रदेशका कार्यक्रमबीच प्रभावकारी समन्वय हुन नसक्दा समस्या’

    ‘संघ र प्रदेशका कार्यक्रमबीच प्रभावकारी समन्वय हुन नसक्दा समस्या’


    ललितपुर/ १३ भदौ, संघ र प्रदेशका कार्यक्रमबीच प्रभावकारी समन्वय हुन नसक्दा स्थानीय तहको प्राथामिकताका आधारमा विकासका कामहरु प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको भन्दै सरोकावालाहरुले समस्या सृजना भएको वताएका छन् । जिल्ला समन्वय समिति ललितपुरले बुधबार यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१÷०८१ को वार्षिक समिक्षा कार्यक्रममा ललितपुरका छ वटै स्थानीय तहका प्रतिनिधिहरुले वर्षभरि सम्पादन भएका योजना तथा कार्यक्रमहरुको प्रगतिको बारेमा प्रस्तुतिकरण गर्दै कतिपय योजनामा संघ र प्रदेशबीच बजेट बिनियोजनमा तालमेल दोहोरोपना परिरहेकोले समस्या हुन गएको बताउनु भएको हो ।
    कोन्ज्योसोम गाउँपालिकाका योजना अधिकृत चित्रदेव दाहालले एउटै योजनामा संघ र प्रदेश दुवैबाट बजेट विनियोजन भइदिँदा स्थानीयस्तरमा अत्यन्तै समस्या परेको अरु विकासका पूर्वाधारहरुमा बजेट अपर्याप्त हुने समस्या रहेको भन्दै यसका लागि समन्वय गरिदिन जिल्ला समन्वयलाई आग्रह गर्नभयो।
    त्यस्तै, बागमती गाउँपालिकाका सूचना प्रविधि अधिकृत मिलन शर्माले आन्तरिक आम्दानीतर्फ पालिकाले राखेको लक्ष्यको हाराहारीमा राजश्व संकलन भएको बताउँदै वितीय समानीकरण अनुदान अन्तर्गतको संघीय बजेट घट्न जाँदा पालिकाको योजना तथा कार्यक्रम सञ्चालनमा असर परेको बताउनुभयो ।
    त्यस्तै, ललितपुर महानगरपालिकाका इन्जिनियर प्रदिप पौडेलले महानगरले सञ्चालन गरेका हरेक योजनाहरु प्रभावकारी भएको भन्दै महानगर कार्यसम्पादन तथा वितीय अनुसार कायम गर्ने कुरामा अव्बल रहेको बताउनुभयो ।
    कार्यक्रममा मन्तव्य राख्नुहुँदै कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले जिल्ला समन्वय समितिले ललितपुरका स्थानीय तहहरुसंग गरिरहेको समन्वयलाई निरन्तरता दिंदै प्रदेश र संघका कार्यक्रमहरुबीच तालमेल मिलाउन र जनताको अपेक्षा सम्बोधन गर्न सक्ने गरी बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गर्नभयो ।
    “हाम्रो पालिका यसपालि शुन्य बेरुजु कायम गर्न सफल भएको छ, तर पनि विकास बजेटमा हामीलाई कुनै प्राथामिता दिइएको छैन, जनताको अपेक्षा धेरै छ, बजेट थोरै छ, स्थानीय तहको विकास निर्माणका साथै सामाजिक गतिविधि र राजश्व क्षमता अभिबृद्धि गर्न जिल्ला समन्वयले अलि पहल गरिदिनुपर्छ ।” उहाँले भन्नुभयो ।
    जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले सबै कार्यालयहरुले प्रस्तुत गरेका प्रगति सन्तोषजनक मात्रै रहेको भन्दै आगामी दिनहरुमा थप प्रगति हासिल गरेर जनअपेक्षालाई सम्बोधन गर्नपर्ने बताउनु भयो । “सबै कार्यालयहरुका प्रगति प्रतिवेदन सुनियो, समाधान भन्दा पनि समस्या बढि देखियो, जनताको माग अनुसारको विकास निर्माणका काम सम्बोधन हुने गरी बजेट कार्यान्वयन देखिएका समस्या समाधानका लागि समन्वय गर्नपर्ने बिषय लेखेरै पठाउनुहोल, म तत्कालै समाधान गर्न खटिएर लाग्छु, हाम्रो काम नै प्रदेश र संघसंग स्थानीय तहका समस्याका लागि सहजीकरण गर्ने हो ।’’ उहाँले भन्नुभयो ।
    जिल्ला समन्वय समितिले आयोजना गरेको समिक्षा कार्यक्रममा ललितपुरका ६ वटा स्थानीय तह, ललितपुरका लागि समेत हेर्ने खानेपानी तथा सरसफाई डिभिजन ५ नं. भक्तपुर, उद्योग तथा बाणिज्य कार्यालय ललितपुर, जलस्रोत तथा सिँचाई विकास आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना र डिभिजन वन कार्यालयले प्रगति तथा समिक्षा प्रस्तुत गरेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT