Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीविशंखुनारायणमा सुविधासम्पन्न प्रशासनिक भवन सिलान्यास

    विशंखुनारायणमा सुविधासम्पन्न प्रशासनिक भवन सिलान्यास


    ललितपुर/ ३ मङ्सिर : गाेदावरी नगरपालिकाकाे वडा नं. २ विशंखुनारायणमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माणकाे सिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) ललितपुरको ६० प्रतिशत र गाेदावरी नगरपालिकाकाे ४० प्रतिशत लागतमा निर्माण हुनेगरी समन्वय समितिका प्रमुख ऋषिदेव फूँयालले आज भवनकाे सिलान्यास गर्नुभएको हाे ।
    भवनकाे सिलान्याससंगै आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख फूँयालले तीन तहका सरकार मध्ये नागरिकलाई प्रत्यक्ष सेवा प्रवाह गर्ने स्थानीय सरकारकाे माताहातकाे वडा कार्यालयकाे प्रशासनिक कामलाई सहज र प्रभावकारी बनाउनका लागि नगरपालिकासंगकाे साझेदारी भवन निर्माणका लागि जिल्ला समन्वयमार्फत रकम उपलब्ध गराइएको बताउनुभयाे ।
    “अहिले काम सुरु गर्नका लागि जिल्ला समन्वय समिति ललितपुरको ७५ लाख र गाेदावरी नगरपालिकाकाे ५० लाख सहित हाल १ कराेड पच्चीस लाख रुपैयाँ विनियोजन भएको छ, याे रकमकाे काम सम्पन्न भएपछि बाँकी रकम विनियोजन हुन्छ,यहाँकाे स्थानीय विकास निर्माणमा जिससले सधैं  विशेष चासाे राख्नेछ।” प्रमुख फूँयालले भन्नुभयो ।
    सही ढंगले बजेट कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीकाे भूमिका हुनेछ भन्ने विश्वास छ भन्नुहुँदै उहाँले हामीले गरेकाे सहयाेगले यहाँकाे नागरिकले लाभ हासिल गर्न सक्नुपर्छ भन्ने धारणा राख्नुभयो ।
    उहाँले जिल्लाका सांसदहरू र जनप्रतिनिधिहरुले गरेको काममा समन्वय गरेर सहयाेग जिल्ला समन्वय समितिले उपलब्ध गराउँदै आएकाे बताउँदै वडा कार्यालयका प्रशासनिक भवन, स्वास्थ्य कार्यालयहरु, खानेपानीका कामहरुका लागि बजेट साझेदारीमा काम गर्न सकिने बताउनुभयो ।
    उहाँले जिल्ला समन्वयमार्फत विकासका लागि संघ र प्रदेशमा कुरा उठाएकाे जानकारी गराउँदै
    नतिजा निस्किने गरि विकास निर्माणका काममा सहयाेग, समन्वय र सहकार्य गरिने वताउनुभयाे। फूँयालले स्थानीय सरकारलाई बढि बजेट दिएर विकासका कामलाई प्रभावकारी र सबल बनाउन ध्यान दिन्छौं भन्नेमा जाेड दिनुभयाे।
    गाेदावरी नगरप्रमुख गजेन्द्र महर्जनले गुणस्तरमा कमजोरी नगरी समयमै भवन निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयाे । “निर्धारित समयभित्रै काम सम्पन्न हुनेछ भन्ने विश्वस छ, याे भवन निर्माणसंगै सेवा प्रवाहमा नागरिकलाई सहजता मिल्नेछ।” उहाँले भन्नुभयो । नगरप्रमुख महर्जनले पालिकाका १४ वटा वडा कार्यालयकाे भवन निर्माण गर्ने क्रममा अब वडा नं. ३ काे मात्रै भवन निर्माण हुन बाँकी रहेकाे जानकारी गराउनुभयाे।
    वडा नं. २ का अध्यक्ष मनाेहर सिलवालले विकास निर्माणका क्रममा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै सिलान्यास भएको भवन छिटोभन्दाछिटाे निर्माण सम्पन्न गरेर स्थानीयलाई सेवा प्रवाह गर्ने विश्वास दिलाउनुभयाे ।
    भवन निर्माणकाे लागि के एस एम  सर्भिस प्रा.लि. ले ठेक्का पाएको छ भने १ करोड ८० लाख १७ हजार ७ सय ४० रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT