Techie IT
  • The Film Nepal
  • २०८३ असार १५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारमुगुमकार्मारोङमा अझै पुगेन सडक, घोडा तथा खच्चडको भरमा समाग्री ओसारपसार

    मुगुमकार्मारोङमा अझै पुगेन सडक, घोडा तथा खच्चडको भरमा समाग्री ओसारपसार


    मुगु/पुष २,मुगुको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिका कर्णाली प्रदेशको ४४ वटा स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र स्थानीय तह हो । यहाँ आन्तरिक सडक नभएपछि ढुवानीको विकल्प घोडा तथा खच्चडको प्रयोग बढेको छ ।
    मुगु  जिल्लाका चार वटा गाउँपालिका खत्याड गाउँपालिका, छायानाथ रारा नगरपालिका र सोरु गाउँपालिका सडकले छोएको छ तर  मुगुमकार्मारोङ गाउँपालिकामा अहिलेसम्म सडक सञ्जालमा नजोडिँदा यहाँका सर्वसाधारणले चर्को भाडादर तिरेर सदरमुकाम गमगढीदेखि माथिल्लो मुगुसम्म दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्री खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ ।
    मुगुमकार्मारोङ गाउँपालिकाको छाइलबाट करानभेग र माथिल्लो मुगुसम्म ढुवानी गर्न दैनिक दुई सयभन्दा बढी खच्चडले खाद्यान्न, दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री ओसार्ने गरेको खच्चड व्यवसायी धनबहादुर बुढाले बताए । चामल, चिनी, तेल, नुन, ग्यास, दाललगायत खाद्यान्न तथा पुस्तक र सिमेन्ट, छडलगायत विकास निर्माणका सामग्री घोडा–खच्चडबाटै ढुवानी गर्ने गरिएको छ । खच्चड व्यवसायीले यहाँका स्थानीय युवालाई   रोजगार दिएका छन्, बाटो निकै कठिनाइ र डरलाग्दो भएकाले यहाँ बाटोमा खच्चडबाट ढुवानी गर्न भगवानको नाम जपेर सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
    यता खच्चड र भरियाका भरमा पुगेका खाद्यान्नबाट गुजारा गरेका बस्तीमा हिमपात र वर्षाले गोरेटो नबिगारोस् भन्ने कामना गर्ने गरेको स्थानीय व्यापारी लक्ष्मी रोकायाले बताए । सर्वसाधारणको दैनिकी चल्न मुस्किल हुने गरेको भन्दै उनले भने, “त्यसैले हिउँद र वर्षा  दुवै  सिजनका लागि सामान स्टक राख्छु । नत्र त मेरो व्यापार डुब्छ, गाउँलेलाई पनि समस्या पर्छ ।”
    मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार गाउँपालिका विकट भएर होला सङ्घीय सरकार र प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । माथिल्लो मुगुको भूमि राज्यविहीनताको अवस्थामा रहेको उनको भनाई छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्। जननेतामदन भण्डारीको

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    Techie IT