Techie IT
  • The Film Nepal
  • २०८३ असार १५ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियमानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हो – प्रधानमन्त्री ओली

    मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हो – प्रधानमन्त्री ओली


    काठमाडौं/२० भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हो भन्नुभएको छ ।  “तीनै तहका सरकारको प्रतिबद्धता: मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको मानव बेचबिखन विरुद्धको १८औं राष्ट्रिय दिवसका अवसरमा हार्दिक शुुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले  मानव बेचबिखन तथा ओसारपसार मानवसभ्यता कै कलङ्क र जघन्य अपराघ हो भन्नुभएको हो ।

    उहाँले समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको छ भन्नुहुँदै नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा घरेलु कामदारका रुपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरु समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेको बताउनुभएको हो । ”बालबालिका र किशोरीहरुको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको छ । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्ण रुपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्वन गर्दै जान प्रतिबद्ध छ । मानव बेचबिखन अन्त्य गर्न बनेका कानुनहरुको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको छ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, ”अन्त्यमा, मानव बेचबिखन विरुद्धको अभियानलाई सफल बनाउन सबैलाई यस दिवसले अझ क्रियाशील भएर अगाडि बढ्न थप प्रेरणा दिन सकोस् भन्ने हार्दिक शुुभकामना व्यक्त गर्दछुु ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्। जननेतामदन भण्डारीको

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    Techie IT