Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियपाटन क्याम्पसमा भर्नामा क्याम्पस प्रमुखको लापरबाही, सिएसआइटीमा मेरिट मिचेर ३० विद्यार्थी भर्ना

    पाटन क्याम्पसमा भर्नामा क्याम्पस प्रमुखको लापरबाही, सिएसआइटीमा मेरिट मिचेर ३० विद्यार्थी भर्ना


    ललितपुर/४ कात्तिक, देशकै महत्वपूर्ण शैक्षिक संस्था पाटन सयुक्त क्याम्पसमा विद्यार्थी भर्ना प्रत्रियामा क्याम्पस प्रमुखले गम्भीर लापरबाही गरेको सार्वजनिक भएको छ । क्याम्पसले स्नातक तह विज्ञान संकायको बिएस्सी सिएसआइटी कार्यक्रममा मेरिट मिचेर अन्य विद्यार्थी भर्ना गरेको छ । क्याम्पस प्रमुख, स्ववियु सभापति, डिन, बिएस्सी सिएसआइटी कार्यक्रम संयोजकलगायतको मिलेमतोमै ३० जना विद्यार्थीलाई मेरिट मिचेर भर्ना गरेको फेला परेको हो ।
    आफूनिकट विद्यार्थी भर्ना गर्न उनीहरूले दसैँ–तिहारको बिचमा ‘फस्ट कम, फस्ट सर्भिस’ नियम लागू गरेका थिए । क्याम्पसले यस कार्यक्रममा हरेक वर्ष १ सय ४४ सिटमा विद्यार्थी भर्ना गर्दै आइरहेको छ । यसवर्ष १४ असोजमा विद्यार्थीलाई उक्त कार्यक्रमको छनोट प्रक्रियामा सहभागिताका लागि प्रवेश परीक्षामा सामेल हुन सूचना जारी गरिएको थियो । लगत्तै चार चरणमा छनोट गर्दा ११४ विद्यार्थी मात्रै भर्नायोग्य भएका थिए ।

    पटक–पटक प्रवेश परीक्षा र छनोट प्रक्रियामा जाँदा झन्झट हुने भन्दै क्याम्पससहितका निकायले मिलेमतोमा दसैँलगत्तै ‘फस्र्ट कम, फस्ट सर्भिस’का आधारमा थप ३० जना विद्यार्थी भर्ना गरेको हो । यसरी आफूनिकट विद्यार्थीलाई क्याम्पस प्रमुख, विद्यार्थी नेता र डिन कार्यालयका कर्मचारीले भर्ना गरेकोमा भर्ना नपाएका विद्यार्थी असन्तुष्ट बनेका छन् । क्याम्पसले ‘फस्र्ट कम’का आधारमा भर्ना गरेको भने पनि हालसम्म विद्यार्थीको नामावली सार्वजनिक गरेको छैन । पठनपाठन भने आइतबारदेखि सुरु भइसकेको छ ।

    प्रवेश परीक्षामा कम स्कोर र ¥यांकका विद्यार्थी भर्ना हुँदा राम्रो स्कोर तथा र्‍याङ्कका विद्यार्थी भर्नाबाट वञ्चित भएका छन् । उनीहरूले पहिलो चरणबाहेक अन्य चरणमा ३० जना विद्यार्थी भर्ना गर्दा धाँधली गरिएको र रद्द गर्नुपर्ने माग राखेका छन् । विद्यार्थीहरूले मेरिट प्रक्रियाबाटै छनोट गर्नुपर्ने भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् । शुक्रबार पीडित विद्यार्थीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भिसी कार्यालयमा समेत उजुरी दिएका छन् । दोस्रो चरणको प्रवेश परीक्षामा राम्रो स्कोर तथा ¥यांक प्राप्त गरे पनि क्याम्पसले परीक्षा दिएकोभन्दा फरक र कम स्कोर ल्याएकालाई भर्ना गरेको पीडित विद्यार्थी राजकुमार खत्रीले बताए । ‘मेरो र अन्य साथीहरूको भन्दा कम स्कोर तथा ¥यांक भएका भर्ना भएर धमाधम पढ्न थाले, हामीले राम्रो गर्दागर्दै पनि छनोट भएनौँ,’ उनले भने, ‘क्याम्पसले ३० जनाको नाम नै लुकाएको छ, हामीभन्दा कमजोरलाई भर्ना गर्न पाइँदैन, पछिल्लो छनोट प्रक्रिया रद्द हुनुपर्छ ।’ 

    पहिलो, दोस्रो, तेस्रो र चौथो चरणमा भर्ना भएका ११४ जनाको नामावली क्याम्पसले सार्वजनिक गरे पनि अन्य ३० जनाको नामावली गोप्य राखेको छ । कतिपय विद्यार्थीबाट रकम लिएर समेत भर्ना गरिएको आरोप छ । पहुँचवाला तथा विद्यार्थी नेताको दबाबमा मेरिट प्रक्रिया मिचे पनि डिन कार्यालय भने मौन छ । त्रिवि विज्ञान संकायका सहायक डिन खगेश्वर मण्डलले २० प्रतिशत कोटा र अन्य ८० प्रतिशत विद्यार्थी प्रतिस्पर्धाको आधारमा भर्ना गर्नुपर्ने व्यवस्था रहेको बताए । उनले भर्नामा पालो मिचिएको पाइएमा कारबाही हुने बताए । ‘विद्यार्थी भर्ना गर्दा मेरिटको आधारमा गर्नुपर्छ, हामीले पनि त्यही भनेका छौँ, यदि नियम मिचेर भर्ना गरेको भए समिति बनाएरै छानबिन हुन्छ,’ उनले भने, ‘विद्यार्थीबाट उजुरी आयो भने कडा रूपमा छानबिन गर्छौँ ।’ 
    निमित्त क्याम्पस प्रमुख उषा जोशीले डिन कार्यालयको निर्देशनअनुसार विद्यार्थी भर्ना गरेको बताइन् । उनले ‘फस्र्ट कम’ का आधारमा भर्ना गर्दा चिनजानका विद्यार्थी भर्ना भएको स्वीकार गरिन् । ‘म यहाँ आएको १०–१५ दिन मात्रै भयो, चौथो चरणसम्म पुग्दा सिट संख्या नपुग्ने भएपछि हामीले नै ‘फस्र्ट कम।।।’का आधारमा भर्ना गर्ने निर्णय ग¥यौँ, यसो गर्दा स्वाभाविकै चिनजानका विद्यार्थी भर्ना भए, टाढा भएका र सूचना थाहा नपाएका विद्यार्थी वञ्चित भए होलान्,’ उनले भनिन्, ‘अब यहाँ पनि इन्जिनियरिङमा जस्तै सजिलो व्यवस्था गर्नुपर्छ, यसरी भर्ना गर्दा विवाद हुने देखियो ।’ 

    पाटन संयुक्त क्याम्पसमा यो कार्यक्रम पढाइ हुन थालेको सात वर्षभन्दा बढी भयो । त्रिविले यहाँ निर्धारण गरेको सिट संख्या १ सय ४४ जना हो । पछिल्ला वर्षहरूमा विद्यार्थीको संख्या बढी भएको भन्दै क्याम्पसले सिट संख्या बढाउन डिन कार्यालयलाई अनुरोध गर्दै आइरहेको छ । तर, डिन कार्यालय यसमा सहमत छैन । बिएस्सी सिएसआइटी कार्यक्रम निजीमा निकै महँगो हुने भएकाले विद्यार्थी सरकारी क्याम्पस रोज्छन् । पाटन क्याम्पसले ८ सेमेस्टरको कार्यक्रम दुई लाख ८० हजारमा पढाउँदै आइरहेको छ । तर, यही कार्यक्रम निजी क्याम्पसमा सात लाख हाराहारी लाग्छ ।

    नीतिगत व्यवस्था
    विशेष आन्तरिक कार्यक्रम सञ्चालन कार्यविधि २०८० अजुसार आन्तरिक कार्यक्रमको भर्ना प्रक्रियामा सम्बन्धित डीन कार्यालयको मेरिट लिष्ट अनुसार गर्नुपर्ने व्यवस्था छ । हरेक सरकारी क्याम्पसमा विद्यार्थी भर्ना गर्दा मेरिट लिष्टको आधारमा क्याम्पस कार्यसमितिले पारित गरेर भर्ना गर्नुपर्ने हुन्छ । प्रत्येक मेरिट लिष्टको रिजल्ट सार्वजनिक विदा वाहेक कम्तीमा १५/१५ दिनको समय दिएर गर्नुपर्ने व्यवस्था छ । पाटन क्याम्पसमा यो व्यवस्थालाई लत्याउँदै दशैतिहार विदाको मौकामा २४/२४ घण्टाको समय दिएर क्याम्पस प्रमुखले आफूखुसी  रिजल्ट लिष्ट प्रकाशित गरेको र मेरिटमा पर्ने विद्यार्थीहरुलाई जानकारी नै नदिई रिजल्ट गरेर ३ वटा सम्म लिष्ट निकालेको खुल्न आएको छ ।
    अर्कोतर्फ त्रिभुवन विश्वविद्यालयको सहायक क्याम्पस प्रमुख नियुक्ति सम्बन्धि कार्यविधि २०७९ मा प्रत्यक्ष उल्लेख भएअनुसार सिनियर सहायक क्याम्पस प्रमुखलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिनुपर्नेमा पाटनमा यसलाई मिचिएको छ । पाटन क्याम्पसमा सबैभन्दा जुनियर सहायक क्याम्पस प्रमुखलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिएको कुरा समेत खुल्न आएको छ ।

    मेरिट मिच्दा शंकरदेवमा रद्द भएको थियो परीक्षा
    प्रक्रिया मिचेपछि यसअघि शंकरदेव क्याम्पसमा त्रिविले छानबीन गरेको थियो । छानबिनका क्रममा मेरिट मिचेको फेला परेपछि बाहिरबाट भर्ना भएका विद्यार्थीलाई हटाइएको थियो भने पुनः मेरिटका आधारमा भर्ना लिइएको थियो । शंकरदेवमा व्यवस्थापन संकायअन्तर्गत बिबिए फाइनान्स, बिबिए र बिआइएम विषयमा मेरिट सूचीभन्दा बाहिरबाट ५७ जना विद्यार्थी भर्ना भएका थिए । यी विद्यार्थी पनि पहुँचवाला व्यक्ति, क्याम्पस प्रमुख, विद्यार्थी नेताकै आडमा भर्ना भएका थिए । तर, उजुरीपछि त्रिविले मेरिटबाहिरबाट भर्ना भएका ५७ विद्यार्थीको भर्ना रद्द गर्दै पुनः मेरिटबाट परीक्षा लिन निर्देशन दिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT