Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिपश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल

    पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल


    काठमाडौं/२ असोज, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताउनु भएको छ।

    संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताउनु भएको हो।

    “संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो। तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ”, अध्यक्ष दाहालले भन्नुभयो, “पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरु र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन्।”

    संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने थुप्रै कानुनहरू अझैं बन्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले समयमा कानुन नबन्दा आएका समस्याले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको बताउनु भयो।

    संघीयताका कारणले जनताले पाउनु पर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो।

    संविधान कार्यान्वयनका आठ वर्षमा दुई/दुई पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत् जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले देशलाई संघीयकरण गर्ने, सामाजिक संरचनाहरुलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताउनु भयो।

    पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताउनु भयो।

    “स्थानीय तहमा ४० प्रतिशत र प्रदेश एवं संघमा एक तिहाई महिलाको प्रतिनिधित्वसहित दलित आदिवासी जनजाति, मधेश, पिछडिएको क्षेत्र, मुश्लिम लगायतका अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व र राज्यका हरेक संरचनामा सहभागी हुने हक प्राप्त हुनु हाम्रो संविधानको मुख्य उपलब्धि हो”, अध्यक्ष दाहालले भन्नुभयो, “विगतमा प्रतिनिधित्व नभएका वर्ग, क्षेत्र, समुदायको सकारात्मक विभेदसहितको विशेषाधिकारलाई संस्थागत गर्ने काम पनि यही संविधानले गरेको हो। विगतको राज्य संरचनाका कारणले हेपिएका, चेपिएका र पिछडिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको शासन सञ्चालनमा सकारात्मक हस्तक्षेप हाम्रो संविधानको महत्त्वपूर्ण उपलब्धि हो।”

    संविधान सभाबाट संघीयता र गणतन्त्रसहितको संविधान, समावेशी र धर्मनिरपेक्षता राष्ट्र निर्माण नेपाली जनताको चाहनाको प्रतिफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान दिवस मनाइरहँदा संविधानको सफल कार्यान्वयनका लागि गर्ने कार्यले विगतको आन्दोलनको सार्थकता र बलिदानप्रति सम्मान हुने बताउनु भयो।

    कार्यक्रम संघीय संसद सचिवालयसँगको सहकार्यमा नेपाल लेजिस्लेटिभ एकेडेमीले आयोजना गरेको थियो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    १६ सय वर्ष पुरानो रातो मच्छिन्द्रनाथ जात्रा आज ‘भोटो जात्रा’सँगै…

    काठमाडौँ — उपत्यकाकै सबैभन्दा लामो तथा प्रमुख जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथ रथयात्राअन्तर्गत आज जावलाखेलमा ‘भोटो जात्रा’ मनाइँदै छ। गुठी

    चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। चीनका विदेशमन्त्री वाङ्ग यीको निमन्त्रणामा

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा…

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित

    Techie IT