Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियनेपालले आजबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने

    नेपालले आजबाट ४० मेगावाट बिजुली बंगलादेश पठाउने


    काठमाडौं/ ३० कात्तिक, नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्दै छ। भारतले अन्तिम स्वीकृति दिएसँगै बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो ।
    भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेश ४० मेगावाट विद्युत प्रवाह शुभारम्भ कार्यक्रम शुक्रबार मध्याह्न १२ बजे नेपाल, भारत र बंगलादेशका उर्जामन्त्रीको भर्चुअल सहभागीतामा गरिने भएको छ ।
    यस अघि नै नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट र भारतको विद्युत् व्यापार निगमबीच त्रिपक्षीय सम्झौता भने भइसकेको छ । भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालको बिजुली बंगलादेश लैजानुपर्ने भएकाले त्रिपक्षीय सम्झौता भएको हो । सम्झौता भए पनि भारतले प्रसारणलाइन प्रयोग गर्ने अनुमति दिएको थिएन ।
    प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ ।
    बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।
    नेपालले जुन १५ तारिखदेखि नोभेम्बर १५ तारिखसम्म ५ महिना बिजुली निर्यात गर्न सक्छ । प्रत्येक महिना २८ हजार ८०० मेगावाट आवर विद्युत निर्यात गर्ने छ । प्रतियुनिट बिजुलीको मूल्य ६.४ सेन्ट हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    भेनेजुएलामा शक्तिशाली भूकम्प : १८८ जनाको मृत्यु, १३८ परकम्प पुष्टि

    काठमाडौं । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पपछि हालसम्म कम्तीमा १३८ वटा परकम्प गएको पुष्टि भएको छ। घटनामा मृत्यु हुनेको संख्या

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

    काठमाडौँ ।  भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ७.१

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    Techie IT