Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियतिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रिया सम्पन्न

    तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रिया सम्पन्न


    काठमाण्डौ,कातिक , ५ । काठमाडौँ क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले चालिसेको प्रमुख आतिथ्यतामा धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।

    कार्यक्रममा आफ्ना भनाइहरू राख्ने क्रममा उहाँले ” विभिन्न तहमा सार्वजनिक पदमा रहदा आफूले धर्म , संस्कृति, रीतिरिवाज र परम्परा कहिले पनि नभुलेको र यसलाई जगेर्ना गर्ने किसिमका कार्यक्रमहरू अघि बढाएको बताउनुभयो ।”

    उहाँले “धर्म अनुशासनको रसी हो। यसले समाजलाई सुरक्षित र सुव्यवस्थित तरिकाले डोर्याउनको लागि मद्दत पुर्‍याउँछ कार्यक्रममा बताउनुभयो।”

    कार्यक्रममा ‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद् , धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आआफ्नो धारणा राख्नुभएको थियो।

    कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

    कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गर्नुभयो । उहाँले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको बताउनुभयो। तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको खतिवडाको भनाइ थियो ।

    ‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाष चन्द्र जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभएको थियो। उहाँहरूले यस पर्वलाई शुद्ध , सात्विक एवं समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

    कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पूर्णप्रसाद मिश्रले गर्नुभएको थियो। शुभकामना मन्तव्य तथा संस्थाको विषयमा समाजका उपाध्यक्ष चित्रकुमार (सीके) चौलागाईंले राख्नुभएको थियो।

    कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्राडा ध्रुव भट्टराई, समाजसेवी विनोदप्रसाद मिश्र, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार, धार्मिक सांस्कृतिक पत्रकार समाजका पदाधिकारी , सदस्यहरू तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT