Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठप्रबिधि‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक

    ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक


    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ।

    गत जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’’ ले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

    मन्त्रिपरिषदको २०७५ असार ३२ को निर्णयबाट तत्कालीन मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो।आयोगले ५ महिना ७ दिन लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी २०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेस गरेको थियो।

    ४९९ पृष्ठ रहेको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट शिक्षा मन्त्रालयमा हालैमात्र प्राप्त भएको थियो। बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रतिवेदनलाई मन्त्रालयको वेवसाइटमा सार्वजनिक गर्न भनेकी थिइन्। शिक्षा मन्त्री श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताएकी छन्।

    ‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो, उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरु कार्यान्वयनमा लैजानेछ,’ उनले भनिन्।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एनसेलले जारी गर्‍यो सामाजिक सञ्जाल नचल्ने सूचना

    काठमाडौं । एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ ।कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै

    आज ‘विश्व फोटोग्राफी दिवस’ मनाइदैँ

    काठमाडौं ।आज विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।प्रत्येक वर्ष अगस्ट १९ मा यो दिवस मनाउने गरिन्छ

    सञ्चारमाध्यमको विकासका लागि उचित नीति, ऐन निर्माण हुन सकेन :मन्त्री…

    ललितपुर।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका

    ‘नेप्से एआई’ बाट सतर्क रहन प्रहरीको आग्रह

    काठमाण्डाै |  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक एपबाट भइरहेको ठगीबारे सर्वसाधारणलाई सचेत गराएको छ ।

    ‘७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइन्छ’

    काठमाडौँ|सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय

    एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने

    ललितपुर/११ पुस: एआई शिक्षासम्बन्धी पाँचौं संस्करणकाे कार्यक्रम ललितपुरमा हुने भएको छ। नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी)ले बुधवार ललितपुरमा

    Techie IT