Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारबाढीले क्षति पुगेको चनौटे पुलको अवलोकन र मर्मतका लागि पहल गर्नुहुँदै पूर्वमन्त्री बस्नेत (फोटोफिचर)

    बाढीले क्षति पुगेको चनौटे पुलको अवलोकन र मर्मतका लागि पहल गर्नुहुँदै पूर्वमन्त्री बस्नेत (फोटोफिचर)


    काठमाडौँ । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका, चनौटे बजारस्थित बेलिब्रिज जोखिममा परेलगत्तै पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेत त्यहाँ पुगेका छन् ।

    हेलम्बु गाउँपालिका चनौटेस्थित मेलम्ची, हेलम्बु र पाँच पोखरीको लाईफलाईनको रुपमा रहेको रातो पुल जोखिममा परेको खबर पाएपछि त्यहाँ पुगेका पूर्वमन्त्री बस्नेतले पुल जोगाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा द्रुत रुपमा कार्य सुचारु गर्नुका साथै स्थानीयहरुसँग भेटघाट गर्दै त्यहाँको वस्तु स्थितिबारे जानकारी लिएका छन् ।

    पूर्वमन्त्री बस्नेतसँगै नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सभा सदस्य माननीय कृष्ण कुमार तामाङ, जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधिहरु , सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख, नेपाली सेना शसस्त्र प्रहरी र नेपाल प्रहरीका सिन्धुपाल्चोक जिल्ला प्रमुख लगायतको टोली त्यहाँ पुगेको हो ।

    शुक्रबारदेखि परेको अविरल वर्षाले क्षति पुर्याएको पुल जोगाउनका लागि पूर्वमन्त्री बस्नेतको पहलमा तीब्र गतिमा काम सुरु भएको छ ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT