हेलम्बु क्षेत्रका जनतालाई सचेत रहन पूर्वमन्त्री बस्नेतको आग्रह
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका चनौटे बजारस्थित बेलिब्रिज जोखिममा परेको छ ।
अविरल बर्षासँगै आएको बाढीले बेलिब्रिज रहेको भूभाग कटान गर्न थालेपछि बेलिब्रिज जोखिममा परेको हो ।
पूर्वस्वास्थ्य मन्त्री तथा सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य मोहन बहादुर बस्नेतले चनौटे पुल वर्षासँगै खोलामा आएको बाढीका कारण उच्च जोखिममा रहेको बताउँदै त्यसक्षेत्रमा रहेका जनतालाई होसियार रहन र सडक अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन् ।
उनले हेलम्बुदेखि मेलम्ची नदी किनारमा बसेबास गर्दै आएका सबैलाई होसियार रहन आग्रह गरेका हुन् । उनले यस पुललाई बचाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
पुलले हेलम्बुलाई मात्र नभइ मेलम्ची नगरपालिका वडा ७ र ८ त्यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकाको वडा न १ र २ का स्थानीयलाई समेत आवतजावत गर्न सहज बनाउदै आएको छ । रातो पुल बगाएको झण्डै सात महिनासम्म सास्ति खेपेका हेलम्बुबासी बल्लतल्ल निर्माण भएको बेलिब्रिज पनि बाढीले बगाउला भन्ने चिन्तामा छन् ।
त्यस्तै लगातारको वर्षका कारण मेलम्ची नदीले खतराको तह नाघेको छ । हेलम्बु, नाकोतेमा राखिएको जलसतह मापन केन्द्रमा नदीले खतराको तह नाघेको जल तथा मौसम विभागको तथ्याङ्कले जनाएको छ ।
तथ्याङ्क अनुसार मेलम्ची नदीको सचेतना तह ४ दशमलव ५ मिटर हो भने खतराको तह ५ दशमलव ५ मिटर हो । लगातारको वर्षाका कारण नदीको तह ५ दशमलव ६६३ मिटर पुगेको छ ।
खतराको तहबाट ० दशमलव १६३ मिटर बढी भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नदी किनारका स्थानीयहरुलाई सजग र सुरक्षित रहन आग्रह गरेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस