Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारएमालेको पुच्छर बन्दा कांग्रेस केन्द्रीय समिति बैठकसमेत चलाउन नसक्ने अवस्थामा पुग्यो, संसद् पूनःस्थपनाको नाटक अस्विकार्य : साह

    एमालेको पुच्छर बन्दा कांग्रेस केन्द्रीय समिति बैठकसमेत चलाउन नसक्ने अवस्थामा पुग्यो, संसद् पूनःस्थपनाको नाटक अस्विकार्य : साह


    बुटवल, २७ कात्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेस नै चुनाव भाँड्ने गतिविधिमा लागेको भन्दै आलोचना गरेका छन् । चुनाव गराउने दायित्वमा रहेको सुशीला कार्की नेतृत्वको सरकारको तयारी चुनाव गराउनेभन्दापनि आफ्नो सत्ता लम्ब्याउने र नियन्त्रित अस्थिरता निम्त्याउनेतर्फ केन्द्रित रहेको साहको आरोप छ ।

    आजपा लुम्बिनी प्रदेश कमिटीको विशेष बैठकलाई बुटवलमा आज (बिहीबार) सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रजातन्त्रको हिमायती भन्ने कांग्रेस अहिले केन्द्रीय समितिको बैठकसमेत सही तवरले चलाउन नसक्नेगरि ‘कुहिरोमा हराएको काग’झैं भएको भन्दै कांग्रेसको गतिविधि पनि चुनाव हुन नदिने षड्यन्त्रतर्फउन्मुख रहेको आरोप लगाए ।

    जेन–जी युवाहरुको हत्या गर्दापनि कुनै पश्च्ताप र सार्वजनिक आत्मग्लानी नगरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त चुनाव नचाहनु स्वभाविक भएपनि कांग्रेसले समेत आफूलाई ओलीको पुच्छर बनाउनु युवाहरुको बलिदानी र जेन–जी पुस्ताको त्यागप्रति ठूलो धोका भएको साहको टिप्पणी छ । नेपाली कांग्रेस विगतमा ओलीकै पिछलग्गु बन्दा भदौ २३ गते जेनजीहरुले सचेत विद्रोह गरेको कुरा कांग्रेसत्रिभ विपी कोइरालाका अनुयायीहरुले बुझ्नुपर्ने उनको सुझाव छ ।

    उनले एमाले नेतृत्वको हठले मुलुकले दुर्गति भोग्नुपरेको र कलिला युवाहरुको हत्या भएको भन्दै अहिलेपनि कांग्रेसीजन ओलीको बाटोमा हिँड्न खोज्नु मुलुक र जनताको लागि ठूलो दुर्भाग्य हुने भन्दै सचेत हुन र चुनावको पक्षमा दृढताका साथ उभ्याउन सुझाव दिएका छन् । उनले प्रतिनिधिसभाको चुनाव हुन नदिनको लागि एमाले नेतृत्वले पूनःस्थापनाको नाटकमञ्चन गरेको भन्दै सचेत नेपालीले अब चुनावभन्दा अर्को बाटो नचाहेको स्मरण गराए । उनले एमाले चुनावमा जानको लागि डराएको भन्दै कांग्रेसलाई एमालेको पुच्छर भएर नहिँड्न सुझाव दिए ।

    आजपा अध्यक्ष साहले जेन–जी आन्दोलनको भावना र स्पिरिटलाई वर्तमान सरकार र यसका मन्त्रीहरुले कुल्चिएको र ठूलो धोका दिएको पनि आरोप लगाए । कुलमान घिसिङले जेनजी आन्दोलनको अपहरण गरेको र सत्ताको चास्नीमा डुबेर दल खोल्ने काम गरेको भन्दै यो कदम जेनजी आन्दोलनप्रति धोका र अक्षम्य अपराध भएको साहको टिप्पणी छ ।

    उनले भने, ‘यो सुशीला कार्की नेतृत्वको सरकारको जन्म कसरी भयो ? निर्दलीय सरकार बनाएको भनिएको होईन, अनि कुलमानले सरकारमा बसेर दल खोल्ने काम गरे, यो कुरा नेपाली जनताले नजिकबाट हेरिरहेका छन्, म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु–कुलमानको गतिविधिप्रति नजर राख्नुहोस, यो सरकार निर्दलीय हो भने कुलमानले शक्तिको दुरुपयोग गरेर दल खोलेको कुरा आएको छ, तत्काल बर्खास्त गर्नुहोस ।’ उनले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि पनि प्रश्न उठाए ।

    उनले गृहमन्त्रीलाई लुते र निम्छरोको संज्ञा दिए । उनले अर्यालबाट मुलुकमा शान्ति, सुव्यवस्था र अमनचयन कायम हुन नसक्ने ठोकुवा गरे । उनले गृहमन्त्रीले अहिलेसम्म जेनजी आन्दोलनमा दमन गर्ने र युवाहरुको छाति र टाउकोमा ताकि÷ताकि गोली हान्ने हत्याराहरूलाई कारबाही त परको कुरा बयानसमेत लिन नसकेको भन्दै राजीनामा मागे ।

    साहले अहिलेको सरकारले मुलुकलाई सही गन्तव्यमा पुर्याउन नसक्ने र पाएको म्याण्डेटसमेत पूरा नगर्ने ठोकुवा गरे । उनले सरकारका अधिकांश मन्त्रीहरु स्टन्टमा रमाएको र निकास निकाल्नेगरि सही स्टेप चाल्न चुकेको टिप्पणी गरे । उनले जेनजी आन्दोलन नेपालको राजनीतिक इतिहासमा सही जनविद्रोह भएपनि सुशीला कार्कीहरुको कारण बदनाम र कलंकित हुने खतरा देखिएको औंल्याए । उनले अहिले देशलाई निकास दिनको लागि अन्तरिम संविधान र अन्तरिम सरकार नै भएको एकमात्र विकल्प सुझाए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT