कांग्रेसद्वारा बाँकी भ्रातृ संस्थाको अधिवेशन गराउन निर्देशक समिति गठन गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसले बाँकी भ्रातृ संस्थाका अधिवेशन गर्न लागि अधिकार सम्पन्न फरकफरक निर्देशक समिति गठन गर्ने भएको छ । पार्टीको बुधबार बसेको पदाधीकारी बैठकले आगामी चैत मसान्तभित्र अधिवेशन गर्ने गरी अधिकार सम्पन्न निर्देशक समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका बनाउन अधिकार पाउनेछन् । यस्तै, विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने अधिकार पनि पाउनेछन् ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघको अधिवेशन लामो समयदेखि हुन सकेको छैन ।
लामो समय अधिवेशन हुन नसकेर थाती रहेका यी संघहरूको तदर्थ समितिको समायवधि पनि असार १५ गते समाप्त भएको थियो । यी तदर्थ समितिहरूको म्याद आगामी चैतसम्मलाई थप गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस