Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्र२ दिनमा नेप्सेमा ४५.३६ अंकको गिरावट

    २ दिनमा नेप्सेमा ४५.३६ अंकको गिरावट


    काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् ।

    दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८ अङ्कले ओरालो लागेको थियो । २ दिनमै नेप्से १ सय ३ अङ्कले घटेकाे हाे ।

    आज ३३५ कम्पनिका एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता शेयर ५ अर्ब ७६ करोड २७ लाख एक हजार ११० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकको डिभेन्चर ८७ को शेयर सबैभन्दा बढी ७.०९ प्रतिशतले बढेको छ  । त्यस्तै आज प्रभु इन्सुरेन्सको शेयर मुल्य सबैभन्दा बढी ६.१२ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । यस कम्पनीको कुल कारोबार २६ करोड १६ लाख रुपैयाँ भएको छ । त्यसपछि यूनियन हाइड्रोपावर र सिनर्जी पावर डेभलपमेन्ट क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । १३ वटै उपसमूह घटेका छन्, जसमा वित्त (३.०९ प्रतिशत) र होटल–पर्यटन (३ प्रतिशत) उपसमूह सबैभन्दा बढी घटेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५

    नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

    काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का

    ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब…

    काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ

    सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको सुन २ लाख ८८ हजार ७…

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला

    ऊर्जा क्षेत्रमा १ खर्ब १४ अर्ब बजेट, आगामी वर्ष १,०४०…

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा क्षेत्रलाई देशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध

    गण्डकी प्रदेशको ३२ अर्ब ९९ करोडको बजेट सार्वजनिक, पूर्वाधारमा उच्च…

    पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक

    Techie IT