अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोली
अष्ट्रेलियाको सिड्नीमा पुस दोस्रो सातादेखि आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोलीको सहभागिता रहने भएकाे छ ।
आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहने जानकारी गराएको छ । आयोजकले आइतबार नै टाइसिट ‘ड्र’ गरेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
पोल ‘ए’ मा वेस्टर्न सिड्नी क्लब, गल्कोट समाज अष्ट्रेलिया, पोखरा भलिबल क्लब, मोना म्याग्दी, सनराइज युथ क्लब, म्याग्दी काली युनाइटेड क्लब र क्यानबेरा भलिबल क्लब रहेका छन् ।
पोल ‘बी’ मा गोल्डेन ब्वाइज क्लब, पर्वत बेनी क्लब, आयोजक गोर्खा स्पोर्ट्स क्लब ‘ए’, ढोरपाटन स्पोर्ट्स क्लब, जलजला परिवार अष्ट्रेलिया, गोर्खा स्पोर्ट्स क्लब ‘बी’ र छन्त्याल परिवार अष्ट्रेलिया रहेका छन् । खेलहरु नकआउटको आधारमा हुनेछ।
सर्वाधिक पुरस्कार राशिको एक दिने अन्तर्राष्ट्रिय पुरुष भलिबल कप पुस ८ (डिसेम्वर २४) मा हुँदैछ । क्लबको बार्षिकोत्सव, क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा हुनेछ ।

प्रतियोगिताको विजेताले ३ हजार ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ५ सय ५ अष्ट्रेलियन डलर र तेस्रो हुने टोलीलाई ५ सय ५ अष्ट्रेलियन डलरसँगै कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सर्वाेत्कृष्ट खेलाडीले ट्रफीसँगै १ सय अष्ट्रेलियन डलर तथा व्यक्तिगत विधा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र प्रशिक्षकसँगै उदियमान खेलाडी र अनुशाषित खेलाडीले ट्रफीसँगै ५० अष्ट्रेलियन डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले गरेको संघका अध्यक्ष दिपेन राईले जानकारी गराए ।
कार्यक्रममा अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमाल, नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्का, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस सिड्नी पारामाटाका इन्चार्ज प्रविण शर्मा, रेफ्री संयोजक चकमान शेरपुजा मगर र नेपाल भलिबल संघ अष्ट्रेलियाका कार्यक्रम संयोजक दीपक अधिकारी, क्लबका अध्यक्ष दिपेन राई, क्लबका उपाध्यक्ष सुदिप केसी, क्लबका सचिव राज खड्का र प्रतियोगिता संयोजक तथा कप्तान प्रकाश फाल मगरलगायतको उपस्थिति रहेको थियो ।
अजी फाइनान्स एण्ड होम लोनका प्रवन्ध निर्देशक बिष्णु हमालले अष्ट्रेलियामा रहेर पनि नेपाली समुदायले भलिबल खेलको माध्यमबाट नेपाली समुदायलाई जोड्न काम गरिरहेको र प्रतियोगिताको सफलताको कामना गरे ।
नेपाल भलिबल संघ अष्ट्रेलियाका उपाध्यक्ष मुक्ति रोक्काले क्लबले आयोजना गर्न लागेको प्रतियोगितालाई सफलताको कामना गर्दै नेपाल भलिबल संघ अष्ट्रेलिया सहयोगको लागि तयार रहेको बताए । उनले विविध कारणवस समय मिलाउन नसक्दा यसपटक दुई दिनको अन्तरमा दुई प्रतियोगिता खेल्नुपर्ने अवस्था रहेपनि अर्काे वर्ष त्यस्तो नहुने थपे ।
एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस सिड्नी पारामाटाका इन्चार्ज प्रविण शर्माले क्लबको कार्यक्रमलाई सफलताको कामना गरे ।
क्लबका अध्यक्ष दिपेन राईले क्लबले पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागेकाले सबैको सहयोगले नै कार्यक्रम सफल हुने बताएका छन् । उनले हरेक टोली जित्नकै लागि खेल्ने भएपनि अेल भावनाभित्र रहेर खेल्न सबै टोलीलाई आग्रह गरे ।
प्रतियोगितालाई अजी फाइनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ । यस्तै प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस, रे पोपर्टी, फिस एट दि रक्स प्लाटिनम र नमस्ते रेष्ट्ररेन्ट, एभरेस्ट ड्राइभिङ र यात्री फुड रकले प्रायोजन गरेका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस