Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारवीरको जनशक्ति छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप

    वीरको जनशक्ति छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप


    काठमाडौं । देशकै पुरानो र ठूलो वीर अस्पतालमा नर्स अभावका कारण सेवाग्राहीहरु मारमा परिराखेका छन् । अस्पतालमा जनशक्ति पदपूर्ति गर्दा स्थायी होस् अथवा अस्थायी होस् खुल्ला प्रतिस्पर्धाबाट दक्ष व्यक्तिले स्थान पाउनुपर्ने हुन्छ । तर, वीर अस्पतालमा लामो समयदेखि नर्स भर्ना गर्न नसक्दा सेवा प्रभावित हुँदै आएको छ । त्यसलाई परिपूर्ति गर्नको लागि तत्काल अस्थायी नर्सहरू भर्ना गर्न आवेदन माग गरिएको थियो । अस्थायी नर्सको लागि आवेदन दिएकामध्येबाट प्रक्रिया पु¥याएर नर्स छनोट गर्न बनेको परीक्षा सममितिले १ सय जना नर्सको नामावली छनोट गर्नुपर्ने थियो ।

    नर्स छनोटको लागि बनेको परीक्षा समितिले नै योग्यता, क्षमता र अनुभवको आधारमा निष्पक्ष ढंगले काम गर्न नसकेपछि समितिमाथि नै प्रश्न उठेको छ । उता, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रमोद यादव र केही कर्मचारीहरूको मिलोमतोमा वीर अस्पतालमा प्रक्रिया पु¥याएर नर्सहरूको परीक्षा लिनुपर्नेमा दबाब र सोफोर्सको भरमा आफ्ना आसेपासे भर्ना गर्ने प्रयास भइरहेको स्रोतको दावी छ । परीक्षा समितिले तयार पारेको नतिजालाई नतिजा एकहप्ता अगाडि नै सार्वजनिक हुनुपर्ने थियो । तर, सेटिङमा आफ्ना आफ्ना मान्छे छिराउन खोज्दा परीक्षा समितिले तयार पारेको नतिजालाई लुकाएको बताइन्छ ।

    परीक्षा समितिले नर्सहरूको लिखित परीक्षा लिएर उनीहरुले प्राप्त अङ्कको आधारमा १ जना नर्स छनोट गर्नुपर्ने थियो । तर, लिखित परीक्षाको नतिजा सार्वजनिक नगरेर गुपचुप राखेको बताइन्छ । आफ्ना मान्छे राख्न लिखित परीक्षाको नतिजालाई बेवास्ता गर्दै चलखेल भएपछि विरोध भएको स्रोतले जनाएको छ ।

    जनता समाजवादी पार्टी नेपाललाई विभाजन गरेर आएका प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि एक सय जना नर्सको नतिजालाई राजनीतिक हस्तक्षेप गरेर गैह्रकानूनी तरिकाले कर्मचारी छनोट गर्ने प्रयास गरेको बताइन्छ । मन्त्री यादवले पनि नर्सहरूको लामो लिष्ट वीर अस्पतालमा पठाएका थिए । त्यसका कारण नर्स छनोट प्रक्रिया अलमलमा परेको हुनुपर्छ । तर, अस्पताल जस्तो सम्वेदनशील ठाउँमा दक्ष, योग्य र अनुभवीले स्थान पाउनुपर्ने आवेदकहरुको माग छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं। हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका

    प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा

    काठमाडौं।भावी प्रधानन्यायाधीशका निम्ति न्याय परिषद्ले सर्वोच्च अदालतका ६ न्यायाधीशको सूची संवैधानिक परिषद्को सचिवालयमा पठाएको छ । न्याय परिषद्ले योग्यता पुगेका

    अन्तिम चरणमा पुग्यो समानुपातिक तर्फको मतगणना,कसले कति पाए ?

    काठमाडौं।यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।हालसम्म समानुपातिकतर्फ  एक करोड ७ लाख

    गृहमन्त्री अर्यालसँग चिनियाँ राजदूत माओमिङले शिष्टाचार भेट

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् ।गृह मन्त्रालयमा मंगलबार भएको भेटमा

    आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने

    काठमाडौं : केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवाँलो आजदेखि क्रमिक रूपमा हट्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सञ्जीव

    Techie IT