Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठस्वास्थ्यप्रसूति गृहमा ईको कार्डियोग्राफी सेवा शुरु

    प्रसूति गृहमा ईको कार्डियोग्राफी सेवा शुरु


    काठमाडौं । प्रसूति गृहमा जेठ १ गते देखि गर्भमा रहेको बच्चा र आमाको ईको कार्डियोग्राफी सेवा शुरु भएको छ ।

    यस अघि गंगालाल लगायत अन्य निजी अस्पतालमा गएर गर्नुपर्ने यो सेवा गर्भवती आमा र पेटमा रहेको बच्चाको मुटुको अवस्था बुझ्ने ईको कार्डियोग्राफी सेवा गरिएको छ ।

    परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार नयाँ सेवा विस्तारका रुपमा गर्भवती महिला र गर्भमा रहेको बच्चाको मुटुको जाँच इको कार्डियोग्राफी शुरु गरिएको हो । यस अघि गंगालाल अस्पताल तथा अन्य निजी अस्पतालमा जानुपर्ने बाध्यतालाई सहजीकरण गर्न गंगालालकै डाक्टरले हप्ताको तीन–तीन दिन उक्त सेवा दिने भएका छन् ।

    जेठ १ गते देखि बेलुका ५ बजेपछि इको कार्डियोग्राफीु हुने छ भने यसको लागि टिकट भने ३ बजे खुल्ने छ ।

    गर्भवती तथा अन्य महिलाको इको कार्डियोग्राफी आइतबार, मंगलबार र बिहीबार हुने छ भने गर्भमा रहेको शिशुको इको कार्डियोग्राफी सोमबार, बुधबार र शुक्रबार हुने छ।

    डा.अधिकारीले यस सेवाले अस्पतालमा आउने गर्भवती महिलालाई सहज हुने विश्वास व्यक्त गर्नु भयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता…

    काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला

    नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै

    काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन…

    काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि

    कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस,…

    काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको

    आगामी जेठ १६ १७ मा चिकित्सक संघको सम्मेलन हुँदै

    भरतपूर ।नेपाल चिकित्सक संघले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ ।‘आधुनिक, सुलभ, किफायती र

    चितवनमा १३ जनामा औलो संक्रमण पुष्टि

    नारायणगढ। चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् ।औलो रोग संक्रमणको आशंकामा उपचारका लागि आएका

    Techie IT