Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठखेलकुदआईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित

    आईपीएलमा दिल्लीले पहिलो जित हात पार्दा चेन्नई पराजित


    एजेन्सी-  साबिक विजेता चेन्नई सुपर किंग्स दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ। आइतबार राति भएको खेलमा १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो।

    खेलको अन्त्यमा पूर्वकप्तान महेन्द्रसिंह धोनीले १६ बलमा ३७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उनले चार चौका र ३ छक्का हिर्काए। 

    चेन्नईका लागि अजिंक्या रहाने सर्वाधिक ४५ रन बनाए। त्यस्तै डेरल मिचेलले ३४ तथा रवीन्द्र जडेजाले नटआउट रहँदै २१ रन बनाए। दिल्लीका लागि खलिल अहमदले किफायती बलिङ गर्दै ४ ओभरमा मात्र २१ रन खर्चेर २ विकेट लिए। त्यस्तै, मुकेश कुमारले ३ तथा अक्षर पटेलले १ विकेट हात पारे। 

    यसअघि डेविड वार्नर र ऋषभ पन्तको अर्धशतकीय पारीको मद्दतले दिल्लीले ५ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो। वार्नरले ५२ रन तथा कप्तान पन्तले ५१ रन बनाए।

    ओपनर पृथ्वी शले ४३ रन तथा मिचेल मार्सले १८ रनको योगदान दिए। चेन्नईका लागि मथिसा पथिरानाले ३ तथा मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट लिएका थिए।  

    यो सिजन दिल्लीको यो पहिलो जीत हो भने चेन्नईको पहिलो हार। ३ खेलबाट ४ अङ्क बटुल्दै चेन्नई अङ्क तालिकामा दोस्रो स्थानमा छ। २ अङ्कसहित दिल्ली सातौँ स्थानमा सीमित छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’

    लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको

    क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित

    काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित

    विश्वकप : पानामालाई क्रोएसियाले हरायो

    काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको

    इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश

    काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार

    उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित

    Techie IT