कालीकोटमा डढेलोमा परेर बाबु-छोरीको मृत्यु, ४५ वटा बाख्रा पनि परे
कालीकोटको खाडाचक्र- ५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ।
स्थानीय नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए। उनीहरुलाई उपचारको लागि गएको शनिबार साँझ हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो। छोरीको सोमबार दिउँसो र बुवाको बुधबार मृत्यु भएको हो।
आगोमा जलेर गम्भीर घाइते भएका चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि छोरीको पनि सोही अस्पतालमा मृत्यु भएको थियो।
जंगलमा बाख्रा चराउन गएको बेला उनीहरु डढेलोमा परेका हुन्। चौलागाईंका ४५ वटा बाख्रा पनि जलेर मरेका स्थानीयले बताएका छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस