जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा भाेट हाल्नुहुदैन- स्वास्थ्य मन्त्री बस्नेत
सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले जनताको काम नगर्नेलाई गफ लगाएकाे आधारमा मात्रै निर्वाचनमा भाेट हाल्न नहुने बताउनु भएको छ ।
सिन्धुपाल्चोककाे निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपाेखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकाेटमा आयाेजित नागी टासी छ्याेलिङ्ग गुम्बाकाे सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि भएपनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताकाे आपतविपदमा सबै काम गर्नुपर्छ भन्नुहुँदै आफूले जनताका सबै समस्याहरुमा सहयाेगी भएर काम गर्ने बताउनु भएको हाे ।
“६ महिना सञ्चार मन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ, अहिले स्वास्थ्य मन्त्री छु, ३९ वटा स्वास्थ्य संस्थाका भवन निर्माण हुँदैछन्, अर्को वर्ष सबै निर्माण सम्पन्न हुनेछन्।”मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले चुनावकाे वेलामा राजनीति गर्ने हाे भन्नुहुँदै सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्छ भन्नेमा जाेड दिनुभयाे । उहाँले विगतमा जितेका जनप्रतिनिधिहरुकाे ध्यान २०७२ काे भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्ने तीर नभएकोले अहिलेसम्म पुनःनिर्माण हुन नसकेको बताउनुभयो ।
“निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माण गर्न ध्यान दिन्छौं भनेकाे थियौं, त्यही अनुसार १० लाख बजेट विनियोजन भइसकेको छ, २० लाख विनियोजन हुनेक्रममा छ। हामी प्रयास गर्छौं, तपाईंहरुले व्यक्तिगत दातासंग भन्नुभयो भनेपनि धेरै पैसा उठ्छ ।”उहाँले भन्नुभयो ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ‘समीर’ले भूकम्पले क्षति पुर्याएकाे तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनको बेला गरेको प्रतिवद्धता अनुसार आज सिलान्यास भएको छ, बाचा अनुरुप काम गरिरहेका छाैं भन्ने बताउनुभयो । उहाँले गुम्बा निर्माणका क्रममा पैसाको बारेमा तपाईंहरु चिन्ता नलिनुस् भन्दै राजनीतिक प्रतिस्पर्धा नगरी निर्माण सम्पन्न गर्न लाग्न आग्रह गर्नुभयो ।
गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइवाले सिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैकाे भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयाे । नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरुका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाँचपाेखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दाेङ, नेकपा माओवादी केन्द्र पाँचपाेखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइवा, समाजसेवी शंकर लामालगयतले मन्तव्य राख्नुभएको थियोे ।
यसैक्रममा पाँचपाेखरी प्राथमिक अस्पतालकाे अवलोकन गर्नुहुँदै मन्त्री बस्नेतले अस्पतालकाे व्यवस्थापनका लागि आवश्यक सबै खालका कामहरु गर्न आफू तयार रहेकाे वताउनुहुँदै समस्या समाधानका लागि प्रक्रिया पुर्याएर मन्त्रालयमा माग गर्न आग्रह गर्नुभयाे ।
मन्त्री बस्नेतलाई प्राथमिक अस्पतालका प्रशासन प्रमुख सराेज धितालले अस्पतालकाे अस्थाकाे बारेमा जानकारी गराउनु भएको थियो । मन्त्री बस्नेतले स्थानीय विद्यालयकाे अवलोकन गरि त्यहाँका समस्या समाधानका बारेमा समेत चासाे राख्नुभएको थियोे ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस