काकाकुल कोटवस्ती, गाडीले बोकेकै पानीको भर
काठमाडौं/ १३ मङ्सिर, लीगण्डकी गाउँपालिका – १ र २ को कोटवस्तीका स्थानीयहरूले वषौँदेखी खानेपानीको समस्या झेल्दै आएका छन् । उनीहरूले हिउँदको समयमा गाडीमा पानी ढुवानी गरेर पिउन बाध्य छन् ।
कालीगण्डकी गाउँपालिका वडा नम्बर एकको देउराली, सिरकोट र वडा नम्बर २ को कोटका स्थानीयहरूलाई यो समस्या अहिलेको भने होइन, उनीहरूले यो समस्या वर्षौँदेखि झेल्दै आएका छन् ।
मुहानभन्दा बस्ती माथि भएका करण त्यस क्षेत्रमा लिफटिङबाट मात्रै खानेपानीको समस्या समाधान हुन्छ । त्यस क्षेत्रमा पाँच वर्ष भन्दा बढी हुँदासमेत लिफटिङको कार्य पूरा हुन सकेको छैन । डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय तम्घासमार्फत हुने कार्यले गति लिन नसक्दा पनि त्यस क्षेत्रका नागरिकले समस्या झेल्दै आएका हुन् ।
एक वर्षमा कहिले एउटा ट्याङ्की बनाउने ,कहिले मोटर खरिद गर्ने जस्ता कार्यले गर्दा आफूहरूलाई देखाउने दाँत जस्तो बनाएको स्थानीय तिलक रानाले दुखेसो पोख्नुभयो । थोरै थोरै काम गरेजस्तो गर्ने र कार्य पूरा कहिल्यै नहुने हुँदा गाडीमा ढुवानी गरेको पानी तेल जस्तै हुने गरेकाले आफूहरूले गाडीबाट कहिलेसम्म पानी ढुवानी गरेर खाने भन्दै सरोकारवालाहरूलाई प्रश्न गर्नुभयो ।
नेताहरूले पनि चुनावी नारा बनाउने र चुनाव जितेर गएपछि समस्या बिर्सने गरेको त्यस क्षेत्रका स्थानीयहरूको गुनासो छ । चुनावमा मात्रै आफूहरू भोट बैङ्कको रूपमा प्रयोग मात्रै हुने गरेको उनीहरूले बताउँदै आएका छन् ।
वर्षा यामको समयमा चिदियारको मूलबाट पानी पिउने गरेका उनीहरूले हिउँद लागेपछि मुहान सुक्ने भएपछि उक्त समस्या झेल्नुपरेको स्थानीय तुलसी पाण्डेले दुखेसो गर्नुभयो । हिउँद लागेपछि राती सुत्ने बेलामा पनि खानेपानीको समस्याले सताउने गरेको उहाँले बताउनुभयो । गाडीमा पानी ढुवानी गरेर ल्याउँदा एक पटकको एक हजार पाँच रुपियाँ तिर्न आफूहरू बाध्य भएको उहाँको भनाइ छ ।
यस्तै सिरकोटकी मनकुमारी रानाले पनि पिउने पानीको समस्याले गर्दा स्थानीयहरू बसाइँसराइ गर्न बाध्य हुने गरेको गुनासो गर्नुभयो । खानेपानीकै समस्याले गर्दा एक दर्जनभन्दा बढी व्यक्तिहरू बसाइसराइ गरेर गएको भन्दै यस्तै समस्या कायमै रहे अरू पनि बाध्य हुने उहाँको भनाइ छ । यस्तै कोटका लक्ष्मीपति न्यौपानेले खानेपानी गाडीमा ढुवानी गरेर ल्याउनुपर्दा खर्चिलो हुने र सबैलाई गाडीको पहुँच पनि नहुने बताउनुभयो ।
बस्तीभन्दा तल खानेपानीको मुहान भएकाले लिफटिङ गरेर मात्रै पानी खुवाउन सकिने खानेपानी तथा तथा सरसफाइ डिभिजन कार्यालय तम्घास गुल्मीले जनाएको छ ।
ठोटनेरी खोलाबाट लिफटिङ गरेर पानी खुवाउनका लागि अघिल्लो वर्षको बजेटबाट ट्याङ्की निमार्ण र खानेपानीको पाइप लाइन खन्ने काम भएको कार्यालयका प्रमुख सरोज न्यौपानेले बताउनुभयो । अहिले विद्युतीकरण गर्नका लागि टेन्डरबाट काम भइरहेको र यस वर्ष पानी खुवाउने गरी काम भइरहेको उहाँको भनाइ छ । बजेट अभावका कारण त्यस क्षेत्रको समस्याबारे जानकार भए पनि काम पूरा गर्न नसकिएको न्यौपानेले बताउनुभयो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस