नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका काठमाडौंमा दुई शाखा विस्तार
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले काठमाडौँमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले काठमाडौँको स्वयम्भू र बालाजुमा शाखा सञ्चालनमा ल्याएकोे हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा दिने बताए । बैंकले गत महिना काठमाडौँमा अनामनगर र शंखमूल तथा ललितपुरमा सातदोबाटो र भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे थियो ।
बैंकले हाल देशभरिमा २६८ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६२ वटा एटीएममार्पmत सेवा प्रदान गरिरहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- ३ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस