Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियचितवनमा १० प्रकारका आलुको अध्ययन

    चितवनमा १० प्रकारका आलुको अध्ययन


    चितवन/ २७ कात्तिक: जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरूको अध्ययन सुरु गरिएको हो ।
    कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरिएको हो । विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उहाँले जानकारी दिनुभयाे । अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो । यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताउनुभयाे। उहाँका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ । औद्योगिक आलुका रूपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो । एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो ।

    खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ । किसानले परापूर्बक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरूप लगाइएकाे आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उहाँले बताउनुभयाे ।
    आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताउनुभयाे । उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताउनुभयाे। उहाँले भन्नुभयाे, “आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ ।” जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उहाँले जानकारी दिनुभयाे । क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT