अमेरिकामा मतगणना : ६६ मतले ट्रम्पको अग्रता
काठमाडौं/ २१ कातिक, अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतगणना शुरु भएको छ । केही राज्यहरुमा मतदान जारी रहँदा केहीमा भने मतगणना थालिएको छ ।
अमेरिकाको ४७ औं राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । प्रारम्भिक मत परिणाममा ह्यारिसमाथि ट्रम्पले झिनो अग्रता लिएका छन् ।
सिएनएनका अनुसार अहिलेसम्म ट्रम्पले २ सय १ भोट सुरक्षित गरेका छन् भने ह्यारिसले १ सय ४५ भोट सुरक्षित गरेकी छिन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल भोटमध्ये २ सय ७० मत आवश्यक पर्दछ । अहिलेसम्म गणना गरिएका र जितको प्रक्षेपण गरिएका राज्यहरुमा अघिल्लो निर्वाचनकै परिणामले निरन्तरता पाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ५ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ६ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस