Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियदसैं मनाएर काठमाडौँ फर्कने यात्रुको चाप

    दसैं मनाएर काठमाडौँ फर्कने यात्रुको चाप


    काठमाडौं/ २ कात्तिक, दसैँ मनाएर देशकाे सङ्घीय राजधानी काठमाडौँ फर्कनेको चाप बढेको छ । देशभरबाट काठमाडौँ आउने रात्रिबस तथा दिउँसो चल्ने अन्य साना सवारीमा यात्रुको अत्यधिक चाप छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले टीकाको भोलिपल्टदेखि काठमाडौँ फर्कने सवारीमा यात्रुको चाप बढेको जनाएको छ ।
    कार्यालयका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक रजोस घिमिरेले उपत्यकाबाट जिल्ला भित्रिने यात्रुवाहक सवारी खाली नै आइरहे पनि यताबाट जाने सवारीमा भने यात्रुको अत्यधिक चाप देखिएको जानकारी दिनुभयो । यो वर्ष बाढीपहिरोले बिपी राजमार्गमा व्यापक क्षति पु¥याएपछि धेरै मानिस नारायणगढ–मुग्लिन तथा विभिन्न मार्ग हुँदै हेटौँडा निस्किएर दसैँ मनाउन घर आएका थिए ।

    सार्वजनिक गाडी राम्रोसँग सञ्चालन नहुँदा धेरै मानिस त मोटरसाइकलमै घर आइपुगेका थिए । उनीहरू दसैँ मनाएर धमाधम अध्ययन तथा रोजगारीका लागि राजधानी काठमाडौँ फर्किरहेका हुन् । ट्राफिक प्रहरी निरीक्षक घिमिरेले दसैँका बेला केही दिन जिल्लाको पूर्व–पश्चिम राजमार्गका पुलमा सवारीको चाप बढेर जाम परे पनि अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । काठमाडौँ फर्कने सवारीको चाप बढे पनि दसैँको जस्तो पुलमा प्रहरी नै खटाएर सवारी वारपारको व्यवस्था मिलाउनुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरीका जिल्ला प्रमुख घिमिरेले बताउनुभयो ।
    दसैँको टीकाअघि काठमाडौँबाट यात्रु ल्याउन भ्याइनभ्याइ रहेको गाडीलाई अहिले यहाँबाट यात्रु लैजाने चटारो छ । लालबन्दीमा रात्रिबसको काउन्टर सञ्चालन गर्ने सुनील साहले यहाँबाट काठमाडौँ जाने बसमा भरिभराउ यात्रु हुने गरेको बताउनुभयो ।
    बिपी राजमार्गमा बाढीपहिरोले क्षति पु¥याएर साना गाडी सञ्चालनमा समस्या पर्दा अहिले सबैभन्दा बढी यात्रुको चाप मुग्लिन भएर चल्ने रात्रिबसमा देखिन्छ । बिपी राजमार्गमा अस्थायी ट्र्याक निर्माणपछि अहिले त्यस रुटमा पनि केही दिनदेखि सर्लाहीबाट थुप्रैै साना गाडी सञ्चालन हुन थालेका छन् । दसैँ मनाएर काठमाडौँ फर्कने यात्रु बढेसँगै मनोमानी ढङ्गले भाडा लिन थालिएको छ । सर्लाहीबाट काठमाडौँ जाने गाडीमा साबिकभन्दा तीनदेखि पाँच सय बढी भाडा लिन थालिएको छ । साना गाडीले एक हजार ५०० रुपियाँसम्म र रात्रिबसले एक हजार २०० रुपियाँदेखि एक हजार ५०० रुपियाँसम्म भाडा लिने गरेका यात्रुको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    Techie IT