भोलिदेखि ३ दिनसम्म पानी पर्ने सम्भावना
काठमाडौं / १५ असोज,अहिले देशभर नै सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य वर्षा भए पनि अन्यत्र भने सफा नै रहेको महाशाको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार बुधबार कोशी, बाग्मती, गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने छ। साथै बाँकी प्रदेशका पनि एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षा हुने जनाइएको छ। भोलि कोशी, बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।
भोलि राती कोशी प्रदेशका केही स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का सामान्य वर्षा हुने र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने जनाइएको छ।
बिहीबार पनि सबै प्रदेशका केही ठाउँमा सामान्य वर्षा हुने र कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षा हुने जनाइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ६ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ७ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

तपाईको प्रतिक्रिया दिनुहोस