Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचार“राहात तथा उद्धारमा स्थानीय तहलाई बढि भूमिकामा स्थापित गराैं।”

    “राहात तथा उद्धारमा स्थानीय तहलाई बढि भूमिकामा स्थापित गराैं।”


    ललितपुर/ १३ असाेज, विपदकाे पीडामा परेकाहरुकाे राहात तथा उद्धारमा स्थानीय तहलाई बढि भूमिकामा स्थापित गराैं भन्नेमा ललितपुर जिल्लाकाे विपद व्यवस्था समितिमा धारणा राख्नेहरुलाे जाेड दिएका छन्।
    जिल्ला प्रशासन कार्यालयले आज यहाँ राखेकाे बैठकमा धारणा राख्नुहुने प्रतिनिधिसभा सदस्य, बागमती प्रदेशका मन्त्री, उपसभामुख, प्रदेशसभा सदस्य, महानगरप्रमुख, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, तीनै सुरक्षा निकायका प्रमुखहरु सहित सराेकारवालाहरुले पहिला उद्धार र रहातका कार्यमा स्थानीय तहकाे वडालाई समन्वय गरेर प्रभावकारी बनाइनुपर्छ भन्नुभयो ।
    पूर्वअर्थराज्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य उदय शम्शेर राणाले सडक र विद्युत सञ्चालन गर्नेदेखि सञ्चार सम्बन्ध स्थापित गर्न सुरक्षा निकाय, स्थानीय तह र वडालाई समन्वय र।सञ्चार र सहजीकरण गर्नुपर्नेमा जाेड दिनुभयाे।

    त्यस्तै ललितपुर क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य डा. ताेसिमा कार्कीले सरकारी तहका साथै निजी संघसंस्था र सामुदायिक संघसंस्थाहरु समेतलाई समन्वय गरेर थप उद्धार र राहातका साथै स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभयो ।
    बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले विपदका समयमा निर्माण व्यवसायीहरुले राहत तथा उद्धारका क्रममा सडक सञ्चालन र मर्मत सम्भावका लागि गर्ने कामहरुकाे भुक्तानी यथाशीघ्र गराउन  प्रदेशका मन्त्रालयहरुबाट सहजीकरण गर्न लागिपर्ने बताउनुभयो ।

    बागमती प्रदेशसभाकाे उपसभामुख अप्सरा चापागाईंले बाढि पहिराे प्रभावित ठाउँमा समन्वय हुन सकेन भन्दै यसका लागि सहजीकरण गर्न जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गर्नुभयाे । उहाँले बिरामीहरुलाई अक्सिजन पुर्‍याउन समस्या भैरहेको बताउँदै यसमा सबैले ध्यान दिएर सहजीकरण गर्ने बताउनुभयो ।
    जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले यथाशीघ्र सडक सञ्जाल सुरु गर्नुपर्याे भन्दै राहतका काम वडा तहलाई जिम्मेवार बनाउँदै जिल्ला प्रशासन मार्फत गरिनुपर्छ भन्नुभयाे ।
    ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले शनिबार नख्खुमा उद्धार चणिकलाललाई महानगरले सम्मान गर्ने बताउँदै रहात तथा उद्धारमा खटिनेहरुलाई प्राेत्साहित गर्दै प्रभावकारी बनाउनेमा ध्यान दिएर लाग्ने बताउनुभयाे । उहाँले आवश्यकता अनुसार जिल्लाका स्थानीय तहहरुलाई सहजीकरण गर्ने बताउनुभयो ।
    ललितपुर प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले हालसम्म २२ वटा शव फेला परेको बताउँदै दक्षिणी भेगमा प्रहरीकाे सञ्चार सेटमा समेत सम्पर्क हुन सकेको छैन भन्दै यसका लागि सहजीकरणका लागि आग्रह गर्नुभयाे।
    “हिजाे जनशक्तिको कमी थिएन, उद्धार सामाग्री, स्राेत र साधनकाे अभाव भयाे
    हामीले हरेक बैठकमा भनेका थियौं।” उहाँले भन्नुभयो ।
    निर्माण व्यवसायी संघ ललितपुरका बरिष्ठ उपाध्यक्ष भगीरथ तिमिल्सिनले विपदकाे समयमा काम लगाउने भुक्तानी नदिने समस्या समाधान गरिदिए निर्माण व्यवसायीले तीनदिनभित्र सबै सडक सुचारु गराइसक्ने बताउनुभयो ।
    विपद व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले यथाशीघ्र राहत उद्धारका काममा लाग्ने, अवरुद्ध सडक खुलाउन तत्कालै समन्वय र पहल गर्ने, संघ, प्रदेश र स्थानीय तहसंग समन्वय गरी विपदबाट सृजित समस्या समाधानमा लाग्ने निर्णय भएको जानकारी गराउनुभयाे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT