Techie IT
  • The Film Nepal
  • २०८३ असार १५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचारके निर्णय गर्‍यो त एकीकृत समाजवादीको सचिवालय बैठकले ?

    के निर्णय गर्‍यो त एकीकृत समाजवादीको सचिवालय बैठकले ?


    काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को ७०औं केन्द्रीय सचिवालय वैठक सम्पन्न भएको छ।

    पार्टीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा सम्पन्न वैठकले यहि पुस ११, १२ र १३ गते केन्द्रीय कमिटी वैठकको आह्वान गरेको छ।

    पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार वैठकमा पार्टीको प्रस्तावित विधानका धारा उपधारामाथि छलफल भएको छ। साथै आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानसम्बन्धि थप छलफल हुनेछ।

    वैठकपछि सञ्चारकर्मीसँगको कुराकानिमा उपमहासचिव खतिवडाले भन्नुभयो, ‘पुस ११, १२ र १३ गते आह्वान गरिएको केन्द्रीय कमिटीको वैठकमा विधानका बारेमा वृहत्त छलफल हुनेछ। त्यसपछि आगामी माघ १४ र १५ गते आह्वान गरिएको केन्द्रीय परिषदको वैठकमा प्रस्तुत हुनेछ। यसअघि पुस ९ र १० गते तय गरिएको स्थायी कमिटीको वैठकलाई केन्द्रीय कमिटी वैठकमा समायोजन गरिएको छ।’

    उपमहासचिव खतिवडाले अगाडि भन्नुभयो, ‘आज सम्पन्न वैठकले अर्को एउटा सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ। देश दिर्घरोगले आक्रान्त  छ। कलेजो, किड्नी ट्रान्सप्लान्ट जस्ता जटिल रोगछन्। यस्ता रोगहरूलाई दृष्टिगत गर्दै हाम्रो पार्टीका नेता कार्यकर्ताहरूलाई अंगदान गर्न आह्वान गर्ने निर्णय गरेको छ। अब हामी ११, १२ र १३ गते तय गरिएको केन्द्रीय कमिटी वैठकको तयारीमा जुट्नेछौं।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    असार १५ आज : राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव…

    काठमाडौँ ।  आज असार १५ अर्थात राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । “मानो

    चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्। जननेतामदन भण्डारीको

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    Techie IT