Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियदशैँको टिकाको लागि शुभ साइत सार्वजनिक

    दशैँको टिकाको लागि शुभ साइत सार्वजनिक


    काठमाडौं/ ५ असाेज, नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षकाे विजयादशमी (दशैंको टीका) को साइत सार्वजनिक गरेको छ। समितिले शुक्रबार सूचना प्रकाशन गरेर सार्वजनिक गरेअनुसार असोज २६ गते बिहान ११ बजेर ३६  मिनेटमा टिका जमारा ग्रहणका लागिउत्तम रहेको जनाइएको छ । समितिका अनुसार साेही दिन बिहान ८ बजेर ३३ बजे देवी विसर्जन गरी ११ः३६ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने छ ।
    पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले उल्लेख गरेको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ ।
    २०८ सालको बडादशैसँग सम्बन्धित साइतहरू
    १) वि.सं. २०८१ साल असोज १७ गते विहीबार – नवरात्रारम्भ, घटस्थापना – बिहान ९:१६ बजे  ।

    २) वि.सं. २०८१ साल असोज १८ गते शुक्रबार– झण्डा फेर्ने -बिहान ९:१४ बजे (पश्चिम मोहडा)

    ३) वि.सं. २०८१ साल असोज २२ गते मंगलबार – श्री पचलीभैरव यात्रा ।
    ४) वि.सं. २०८१ साल असोज २४ गते विहीबार– फूलपाती, श्री तुलजाभवानी यात्रा – बिहान ७:११ बजे, स्थिरासन – बिहान ८:४३ बजे
    ५) वि.सं. २०८१ साल असोज २५ गते शुक्रबार – महाष्टमी, कालरात्रि, महानवमी
    ६) वि.सं. २०८१ साल असोज २६ गते शनिबार – विजया दशमी, देवी विसर्जन – बिहान ८:३३ बजे, टीका बिहान – ११:३६ बजे (पूर्व मोहडा)
    श्री तुलजाभवानी यात्रा – बिहान ११:५७ बजे, स्थिरासन – बिहान १२:३६ बजे, खड्गयात्रा ।
    ७) वि.सं. २०८१ साल असोज ३० गते बुधबार – अखिलबलिपूर्ति, कोजाग्रतव्रत ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ

    अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प

    काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    Techie IT