Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठराजनीतिशान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड

    शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गर्वको अनुभूति गर्न पाउने छन्ः प्रचण्ड


    सप्तरी/ २४ भदौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुंगिएपछि सहिद र बेपत्ताका परिवारले गौरवको अनुभूति गर्न पाउने बताउनुभएको छ ।
    सप्तरीको सुरुङ्गा नगरपालिका २ मा सहिदद्वय दुर्गा पौडेल र उपेन्द्रबहादुर कोइरालाको स्मृतिमा निर्मित शालिक अनावरण गर्दै उहाँले शान्ति प्रक्रिया टुंगिने अन्तिम प्रक्रियामा रहेकाले यो सहिद र वेपत्ता परिवारसहित देशकै लागि खुशीको कुरा हुने बताउनुभयो ।
    ‘अब राज्यको तर्फबाट परिपुरण र राहतको व्यवस्था हुने छ । सहिद तथा बेपत्ता यौद्धाहरुको सम्मान, उनीहरुका परिवारको हेरचाह र सन्तानको पठनपाठन तथा रोजगारीको जिम्मा अब सरकारको हुनेछ’ उहाँले भन्नुभयो– ‘केही समयभित्रै आयोग बनेर यसको प्रक्रिया सुरु भयो भने सहिद तथा बेपत्ताका परिवारले साँच्चिकै आफ्ना आफन्तले देश र जनताको परिवर्तनका लागि रगत बगाएका रहेछन् भन्ने गौरव अनुभूति हुने छ।’
    आफ्नो प्रधानमन्त्रीत्वकालको अन्तिम समयमा शान्ति प्रक्रियालाई टुंग्याउन आवश्यक कानुन बनाउन कार्यदल गठन गरिएको र अहिले कार्यदलको सहमतिअनुसार संसदबाट टिआरसी विधेयक नै पारित भएसकेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यो शान्ति सम्झौताका पक्षधर शक्ति र जनताका लागि गौरवको कुरा भएको बताउनुभयो ।
    शान्ति सम्झौता भएको झण्डै १८ वर्षपछि सबै जनयुद्धका महान् सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गरिएको जानकारी दिंदै पूर्वप्रधानमन्त्री प्रचण्डले केही समयअघिसम्म जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने हुन् कि भन्ने चिन्ता रहेकोमा अब यो चिन्ता समाधान भएको बताउनुभयो । यसैगरी जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने अवसर पनि प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    ‘जसरी हामीले प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस मनाउँछौं, त्यसरी नै मैले सरकारको नेतृत्व गरेको बेलामा तत्काली सबै सत्तारुढ दलको सहमतिमा जनुयुद्ध दिवस मनाउने निर्णय गरिएको थियो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर अहिले टिआरसी विधेयक नटुंगिएको कारण देखाउँदै अदालतले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हालका लागि स्थगित गर्न भनेको छ, अब टिआरसी विधेयकमा सहमति भएर सत्यनिरुपण आयोग पनि बनिसकेपछि हामी सबैले आग्रह गर्दा जनताको चाहनाअनुसार जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने बाटो खुल्नेछ भन्ने पनि मेरो दृढ विश्वास रहेको छ ।’
    यति ठूलो त्याग र तपस्यापछि प्राप्त भएको समावेशी समानुपातिक प्रतिनिधित्वसहितको जनतको अधिकार धरापमा पर्ने हो कि भन्ने चिन्ता पनि देखिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विगतमा संविधान मिचेर पटकपटक संसद विघटन गर्ने परिघटना हामीले व्यहोरेकै हौं, हामीले सडकमा गएर जनतालाई साथ लिएर खबरदारी गरेपछि मात्रै संविधान मिच्ने र संसद विघटन गर्ने असंवैधानिक कदम परास्त भएको थियो । अहिले पनि फेरि जनताका अधिकारमाथि हुनसक्ने प्रहारका विरुद्ध निरन्तर सचेततापूर्वक खबरदारी गर्नु आवश्यक छ । जरुरी पर्दा संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउन एकजुट भएर सडकमै जानुपर्ने पनि हुनसक्छ, त्यसका लागि तयारी अवस्थामा रहनुपर्ने भएको छ।’
    सरकारले गलत काम नगरोस् भनेर भर्खरै आफूले संसदमा खबरदारी मन्तव्य दिएको स्मरण गराउँदै उहाँले सरकारले सही काम गरे आफूरुले अवरोध नगर्ने तर सरकार जनताको चाहना, भावना र सुशासनका विरुद्ध गयो भने जनतालाई साथ लिएर आन्दोलनमा जाने बताउनुभयो । आफूले संसदमा गरेको सम्बोधनपछि देशैभरिका जनताले सकारात्मक प्रतिक्रिया दिएको र आफ्नो अधिकारप्रति जनता बढी नै सचेत रहेको आफूले पाएको पनि उहाँले बताउनुभयो ।
    आफूहरुले कसैलाई आरोपित नगरेर निष्पक्षरुपमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गर्दागर्दै पनि सरकारबाट हटाइएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तपाइँहरुलाई राम्रोसँग थाहा छ, लाखौं युवाहरुले नागरिकता पाउन सकेका थिएनन्, उनीहरुलाई नागरिकता हाम्रै सरकारले दियो । वर्षौदेखिको मिटरब्याजपीडितको समस्या हाम्रै सरकारले समाधान गर्यो तर त्यो एकथरि माफियालाई पचेन र सरकार ढाल्न पुगे ।’
    आफू जनताको पक्षमा लड्दालड्दै, भ्रष्टाचारका फाइलहरु खोल्दाखोल्दै कुनै आरोप नखेपेर बेगाद सरकारबाट बाहिरिदा विजयी भावसहित निस्केको र जो अहिले सरकारमा गएका छन् उनीहरु हारेको अनुभूतिसहित सरकारमा गएको उल्लेख गर्दै उहाँले सरकारबाट बाहिरिएलगत्तै आफ्नो पार्टीका सबै पदाधिकारी एकै साथ सातै प्रदेश पुगेर आफ्नो कुरा जनतासँग राख्न पाएको, जनताका कुरा सुन्न पाएको र यसले आगामी कार्ययोजना बनाउन महत्वपूर्ण प्रेरणा प्राप्त भएको बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT