Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारपर्यटन मन्त्री पाण्डेद्वारा पूर्वमन्त्रीहरुसँग छलफल, नियामक र सेवा प्रदायक निकाय अलग बनाउन सुझाव

    पर्यटन मन्त्री पाण्डेद्वारा पूर्वमन्त्रीहरुसँग छलफल, नियामक र सेवा प्रदायक निकाय अलग बनाउन सुझाव


    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पूर्व पर्यटन मन्त्रीहरूसँग छलफल गरेका छन ।

    छलफलमा पूर्व पर्यटनमन्त्रीहरूले नेपाल नागरिक उड्डयन ऐनमा नियामक निकाय र सेवा प्रदायक निकायहरू एक साथ राख्न नहुने बताउँदै यिनिहरूलाई अलग अलग बनाउनु पर्नेमा जोड दिए ।

    शुक्रबार मन्त्रालयमा भएको वैठकमा समग्र हवाई क्षेत्रकाे सुधारका लागि पूर्व मन्त्रीहरूको अनुभव सहितको सुझावका लागि मन्त्री पाण्डेले छलफल गरेका हुन् ।

    मन्त्री पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयनका विषयमा अलग अलग सुझाव मागेका थिए । सोही क्रममा पूर्व मन्त्रीहरूले नेपालमा जहाज दुर्घटना मानवीय, प्राविधिक र मौसमी कारणले हुने गरेको बताएका थिए। उनीहरूले मानवीय र प्राविधिक कारणहरू सुधार गर्न सकिने भए पनि मौसमी कारणबारे सचेत रहनु पर्नेमा जोड दिए । त्यसै गरी उनीहरूले दुर्घटनापछि ज्यान गुमाईसकेका पाईलटमाथि मात्र दोष लगाउन नहुनेमा समेत स्पष्ट पारे ।

    पूर्व पर्यटन मन्त्रीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणमा आमूल परिवर्तन आवश्यक भएको र सो नभएसम्म मन्त्रालय चुस्त, दुरूस्त रूपमा काम गर्न नसक्ने सुझाव समेत दिए। उनीहरूले मन्त्रालयको संस्थागत विकासका लागि ऐक्वद्व भएर सहयोग पुर्याउने बताए ।

    पूर्व पर्यटन मन्त्रीहरूले नियामक निकाय र सेवा प्रदायक निकायलाई अलग अलग राख्ने विषय विधेयकमा राख्नु पर्ने सुझाव दाेहाेर्याएका थिए । यसका साथै उनीहरूले नागरिक उड्डयनतर्फ वैधानिक र कार्यान्वयनका क्षेत्रमा गम्भीर भएर काम गर्नु पर्ने सुझाव दिए । उनीहरूले तल्लो तहका कर्मचारीहरूले माथिल्लो तहका कर्मचारीलाई राजनीतिक शक्तिको आवरणमा धम्काउने भएकाले त्यसतर्फ समेत सचेत भई अघि बढ्न अनुराेध समेत गरे ।

    उनीहरूले जहाज खरिद र मर्मत गर्ने कुरामा सोच विचार गरेर मात्रै काम गर्न सुझाव दिए । नागरिक उड्डयन प्राधिकरण लगायतका क्षेत्रमा वेतिथि रहेकाले सचेत भएर नडगमगाई काम गर्न समेत उनीहरूकाे सुझाव रहेकाे थियाे।

    पूर्वमन्त्रीहरूले घटना भएपछि आयोग बनाउनु भन्दा पनि घटना नहुँदै आयोग बनाएर दुर्घटना हुन नदिने गरी काम गर्नु पर्ने सुझाव दिए ।

    त्यसै गरी उनीहरूले नजिकका स्वार्थ समूहहरूबाट बच्न समेत सुझाए । उनीहरूले अन्तराष्ट्रिय नागरिक उड्डयन संस्था (आईसीएओ) नियम पालना गरेर अघि बढ्न समेत आग्रह गरे । त्यस्तै
    उनीहरूले हवाई माफियाबाट सचेत रहन सुझाव दिए । विभागीय मन्त्रीहरूलाई विना कारण नियोजित रूपमा फसाउने षड्यन्त्र हुने भएकाले त्यसतर्फ सचेत रहन समेत अनुरोध गरे ।

    त्यसै गरि उनीहरूले लुम्बिनी विकास कोष,पशुपति क्षेत्र विकास कोष, पर्यटन बोर्ड लगायतका क्षेत्रमा भएका वेथितिहरूको अन्त्य गर्दै अघि बढ्न जोड दिए । साथै विमान स्थल सुुधारका लागि आयल निगमको डिपोहरू सार्नु पर्ने, ट्याक्सी पार्किङमा सुधार गर्नु पर्ने, क्यानको वर्तमान संरचनामा सुधार गर्दै अघि बढ्न मन्त्री पाण्डेलाई सुझाव दिएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT