चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्।
जननेतामदन भण्डारीको ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओलीले एमाले अहिले संघर्षको अवस्थामा रहेको तर पुनः सशक्त रूपमा उठ्ने दाबी गरे।
उनले भने, “निर्वाचनमा हामीले धक्का खाएका छौँ। तर धक्का खानु र समाप्त हुनु फरक कुरा हो। हामी अहिले लडेका हौँ, मरेका होइनौँ। फेरि उठ्छौँ र प्रतिक्रियावादी शक्तिलाई पराजित गर्छौँ।”
ओलीले वर्तमान सरकारको आलोचना गर्दै संसद् बोलाइएको अवस्थामा पनि अध्यादेशमार्फत शासन चलाउने प्रयास भएको आरोप लगाए। उनले सरकारका गैरसंवैधानिक गतिविधि रोक्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
उनले एमाले संकुचित सोचबाट टाढा रहेको तर असम्भव र असंवैधानिक गतिविधिप्रति उदार नरहेको बताए। साथै, सरकारका कदमविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
ओलीले नेपाली कांग्रेस फुटेको प्रसंग उल्लेख गर्दै अन्य दलहरूलाई पनि विभाजन गर्ने प्रयास भइरहेको दाबी गरे। एमाले बलियो, संगठित र आफ्ना उद्देश्यप्रति सचेत पार्टी भएकाले कुनै पनि षड्यन्त्रलाई पराजित गर्ने उनले बताए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
- २ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- ३ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ४ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ५ परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो : मन्त्री पोखरेल
- ६ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने
- ७ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस