डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को विजेताका रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा फ्रान्सले प्रभावशाली प्रदर्शन गर्दै लगातार तेस्रो जित दर्ता गर्यो। यसअघि फ्रान्सले सेनेगललाई ३–१ तथा इराकलाई ३–० ले हराएको थियो।
फ्रान्सका लागि डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गरे। उनले खेलको सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए भने २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। त्यसको एक मिनेटपछि नर्वेका थेलो आसगार्डले गोल फर्काउँदै अन्तर घटाए। तर ३२औँ मिनेटमा डेम्बेलेले पुनः गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को मजबुत अग्रता दिलाए।
दोस्रो हाफमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गरे पनि फ्रान्सले खेलमाथिको नियन्त्रण कायम राख्यो। अतिरिक्त समयमा डिजायर डोएले गोल थपेपछि फ्रान्सले ४–१ को सहज जित निकाल्यो।
यस हारका बाबजुद २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वे समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो।
आजै भएको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। समूह ‘आई’ मा फ्रान्सले नौ अङ्क जोड्दै शीर्ष स्थान हासिल गर्दा नर्वेले छ अङ्कसहित दोस्रो स्थान सुरक्षित गर्यो। सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास
- ४ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो
- ७ रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

तपाईको प्रतिक्रिया दिनुहोस