Techie IT
  • The Film Nepal
  • २०८३ असार १३ शनिबार

    अपडेट
    गृहपृष्ठखेलकुदलिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा

    लिग–२ र युके टूरका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा


    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ सिरिज तथा युके प्रिपेरेसन टूरका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ ।

    घोषित टोलीमा अनुभवी विकेटकिपर ब्याटर विनोद भण्डारी र युवा खेलाडी अर्जुन कुमाललाई समावेश गरिएको छ । यस्तै साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरा वैकल्पिक खेलाडीका रूपमा राखिएका छन् ।

    टोलीमा कप्तान रोहित पौडेलसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजबंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन् ।

    टूरअन्तर्गत नेपालले जर्सीसँग जुलाई १३ र १५ मा दुई अभ्यास खेल खेल्नेछ । त्यसपछि जुलाई २१ देखि ३१ सम्म नेदरल्याण्ड्समा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आयोजक नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

    हाल नेपाल लिग–२ अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ । नेपालले २८ खेलबाट २४ अंक जोडेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

    काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’

    क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित

    काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित

    विश्वकप : पानामालाई क्रोएसियाले हरायो

    काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको

    इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश

    काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार

    उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित

    नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको

    Techie IT