Techie IT
  • The Film Nepal
  • २०८३ असार १४ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारशंकरदेब क्याम्पसले पढाईसँगै खेलकुदको क्षेत्रमा पनि ख्याती कमाएको छ : पुर्व मन्त्री बस्नेत

    शंकरदेब क्याम्पसले पढाईसँगै खेलकुदको क्षेत्रमा पनि ख्याती कमाएको छ : पुर्व मन्त्री बस्नेत


    काठमाडौ । पुर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले शंकरदेव क्याम्पसले पढाईसँगै खेलकुदको क्षेत्रमा पनि ख्याती कमाएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन शंकरदेब क्याम्पस ईकाईले आयोजना गरेको एसडिसी त्रिवि अन्तरक्याम्पस बिबिए फुटबल प्रतियोगिताको समापनको अवसरमा आईतबार हलचोकमा सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले विद्यार्थीका लागि पढाईका साथै खेलकुलको पनि महत्वपूर्ण स्थान भएकाले शंकरदेब क्याम्पसले खेलकुदका विकासका लागि गरिरहेको प्रयास प्रशंसनिय भएको बताएका हुन ।

    खेल क्षेत्रमा खेलाडीहरुले देश विदेशमा उत्कृष्ठ प्रदर्शन गर्दा खेलाडीमो मात्र नभएर देशकै ख्याती बढ्ने भएकाले राज्यले खेल क्षेत्रमा लगानी बढाउनु पर्नेमा बस्नेतले जोड दिए । पुर्व मन्त्री बस्नेतले भने, ‘ नेपालको झण्डा संसारमा फहराउने खेलकुद नै हो । यसको विकासमा राज्यले लगानी बढाउनु आवश्यक छ ।’ खेलकुलका क्षेत्रमा अहिले राज्यले गरिरहेको लगानी न्युन भएको बताउदै बस्नेतले अहिलेको भन्दा कम्तिमा पनि दोब्बर लगानी बढाउनु पर्ने औल्याए ।

    राजनीतिक प्रशंग कोट्याउदै बस्नेतले प्रजातन्त्रमा अल्यपमतले बहुमतमाथि सासन गर्न नहुने भए पनि नेपालमा त्यही भइरहेकोले अहिले ठूला दुई पार्टी मिलेर सरकार गठनको तयारी गरिएको बताए । देश र जनताको आवश्यकता अनुसार संविधान संसोधन गर्न ठूला दुई पार्टी मिलेर सरकार गठन गर्नु पर्ने बाध्यत्मक अवस्था आइ परेको बस्नेतको भनाई थियो । प्रतियोगिता समापन समारोहमा नेपाली कांग्रेसका नेता शुभराम बस्नेतले अब बन्न लागेको सरकारलाई काम नगरि बस्ने छुट नभएको बताउदै गफ भन्दा काममा जोड दिनु पर्ने सुझाव दिए ।

    कार्यक्रममा शंकरदेश क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य र एन्फाका कर्माछिरिङ शेर्पाले पनि खेलकुलको विकासका लागि शंकरदेब क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताएका थिए । स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुसान्त बस्नेतले क्याम्पसले खेल क्षेत्रको विकासका लागि योजना बनाएर अगाडि बढ्ने बताए ।

    स्ववियु शंकरदेश क्याम्पस ईकाईका सचिव मदनराज उपाध्यायले प्रतियोगितामा सहभागी क्याम्पसका खेलाडी र आगन्तुकलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदको विकासका लागि राज्यले लगानी बढाउनु पर्नेमा जोड दिएका थिए । प्रतियोगितामा उपत्यकाका २७ वटा क्याम्पसले सहभागिता जनाएका थिए । नेपाल कमर्श क्याम्पस र सैनिक आवासीय क्याम्पस विच भएको खेलमा सैनिक आवसीय क्याम्पसले विजय हासिल गरेको स्ववियु सभापति बस्नेतले बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कांग्रेसभित्र एकताको पहल : महामन्त्री घिमिरे र शेखर कोइरालाबीच विराटनगरमा…

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरे र नेता शेखर कोइरालाबीच पार्टीभित्र देखिएको विवाद समाधान तथा एकता कायम गर्ने विषयमा

    परीक्षा बोर्डको नतिजा प्रक्रिया पारदर्शी र समयमै सम्पन्न गरिएको हो…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको

    रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि…

    चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    Techie IT