Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारसिन्धु ‘भ्याली’ भविष्यको लागि राम्रो आम्दानीको स्रोत हुने छ : पूर्व स्वास्थ्य मन्त्री बस्नेत

    सिन्धु ‘भ्याली’ भविष्यको लागि राम्रो आम्दानीको स्रोत हुने छ : पूर्व स्वास्थ्य मन्त्री बस्नेत


    सिन्धुपाल्चोक । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले विकासका बारेमा सबैको एक मत हुनुपर्ने धारणा राखेका छन् ।

    सिन्धुपाल्चोक क्षेत्र नं २ अन्तर्गत मेलम्ची नगरपालिकाको सिन्धु भ्याली स्थित वडा नं ३ हैबुङ्ग स्वास्थ्य चौकीको भवन समुद्घाटन समारोहमा मन्तव्य राख्दै पूर्वमन्त्री बस्नेतले चुनावको बेलामा मात्रै आआफ्नो घोषणापत्र बोक्ने हो भन्दै विकास गर्ने बेलामा समान धारणा बनाएर एकजुट भइ लाग्नुपर्ने बताए ।

    ‘कोरोनाको समयमा सरकारले ‘अक्सिजन’ बाँड्न नसक्दा मेरो नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले अक्सिजन सिलिन्डरहरु बाँडेको हो, पदमा हुँदा वा नहुँदा, विकासका काम गर्न पछि पर्नेछैन।’ उनले भने ।

    नेता हुनेले के ठिक के बेठीक भन्ने छुट्याउन सक्नुपर्छ भन्दै पूर्वमन्त्री बस्नेतले बनावटी कुरामा भन्दा काममा विश्वास गर्नुपर्ने बताए । स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै पूर्वमन्त्री बस्नेतले स्वास्थ्य चौकी भवन निर्माण तथा स्वास्थ्य सामग्रीहरु व्यवस्थापनका लागि क्रियाशील हुने सबैलाई धन्यवाद व्यक्त गरे ।

    संघ, प्रदेश र स्थानीय तहबाट आवश्यकताअनुसार विकासका लागि बजेट व्यवस्थापन हुने बताउँदै उनले सिन्धु ‘भ्याली’ भविष्यको लागि राम्रो आम्दानीको स्रोत हुने पर्यटकीय क्षेत्र हुनसक्ने बताए ।

    सिन्धुपाल्चोकबासीको मतबाट जितेर देशको स्वास्थ्यमन्त्री हुने अवसर पाएको बताउँदै पूर्वमन्त्री बस्नेतले आफू मन्त्री भएको बेलामा देशभरका संघीय अस्पतालमा गरिब तथा विपन्नहरुको निशुल्क उपचारका लागि दश प्रतिशत ‘वेड’ हरुको व्यवस्थापन गराएको बताए ।

    वडाले गरेको सिफारिसका आधार संघीय अस्पतालहरुले गरिब तथा बिपन्नलाई निशुल्क उपचार गरिदिने बताउँदै उनले आफ्नो दश महिने कार्यकालमा संघीय अस्पतालमा ३ हजार पाँच सय ‘जनरल वेड’ हरु निशुल्क बनाएको बताए ।

    पूर्वमन्त्री बस्नेतले उपचारका लागि पैसा नभएर अस्पतालको झ्यालबाट हाम फाल्नुपर्ने, विद्यालयको शुल्क तिर्न नसकेर विद्यार्थीले आत्महत्या गर्नुपर्ने, परीक्षामा असफल भएर आत्महत्या गर्ने अवस्थाको अन्त्य गर्नाका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा बागमती प्रदेशका सदस्य कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन १ करोड ५० लाख बजेट प्रदेश बाट विनियोजन गरिएको बताए । उनले विकासका काममा राजनीतिक रुपमा विभाजन नहुन समेत आग्रह गरे ।

    मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो कार्यकालमा सो अस्पताललाई नगर अस्पताल बनाउने प्रतिबद्धता जनाए ।

    इफ्फाता जेभीले निर्माणको जिम्मा पाएको अस्पताल भवन १९ महिनामा निर्माण कार्य सम्पन्न गरिएको निर्माण व्यवसायी कुमार गुभाजुले जानकारी दिए । ८ करोड ५६ लाखमा थकनी र हैबुङमा गरी २ वटा भवन निर्माण सम्पन्न भएको गुभाजुले बताए ।

    नवनिर्मित स्वास्थ्य चौकीमा हाल ५ बेडको व्यवस्था गरिएको छ, स्वास्थ्य चौकी भवन निर्माण कार्यमा सहयोग गर्नेहरूलाई खादा सहित सम्मानपत्रबाट सम्मान गरिएको थियो।

    अस्पताल भवन निर्माणका लागि मेलम्ची नगरपालिका वडा नं ३ पूर्ववडा अध्यक्ष नेपाली कांग्रेस मेलम्ची नगर सभापति बसन्त गुरुङ्गले ४ रोपनी जग्गा हस्तान्तरण गरेका थिए ।

    कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत,मेलम्ची नगरपालिका पूर्वनगरप्रमुख डम्बर अर्याल, पूर्वउपप्रमुख भगवती नेपाल, वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सरोकारवाला, कर्मचारीहरु, समाजसेवीहरुको सहभागी रहेको थियोे।

    स्वास्थ्य चौकी उद्घाटनका अवसरमा सञ्चालित स्वास्थ्य शिविरमा वीर अस्पताल, कान्ति अस्पताल, थापाथली अस्पतालबाट विभिन्न रोग विशेषज्ञ एवम् डाक्टरहरु, नर्सहरु, स्वयंसेविकाहरुले विरामी स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा २५० जना स्थानीयहरुले सेवा लिएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT