सर्वोच्चको फैसलामाथि पुनर्विचार होस्, ८० हजार घरधुरीको रुवाबासी छ : सांसद चालिसे
काठमाडौं/ १८ भदौ, प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले सर्वोच्च अदालतको एउटा फैसलामाथि पुनर्विचार हुनुपर्ने बताएका छन् ।
वि.सं. २०८० पुस १३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासबाट भएको फैसलामाथि पुनर्विचार हुनुपर्ने सांसद चालिसेको माग छ ।
मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै सांसद चालिसेले उक्त फैसलाका कारण काठमाडौंको १४ वटा नदी किनार वरिपरि बस्ने ८० हजार घरधुरीको बिल्लीबाठ भएको बताउँदै उक्त फैसलामाथि पुनर्विचार हुनुपर्ने माग गरेका हुन् ।
“२०६५ सालमा नै बागमती सभ्यता एकीकृत विकास समितिले २०/२० मिटर अधिग्रहण गरिसकेको छ । अहिले थप २०/२० मिटर छुन नपाइने जुनखाले फैसला छ, त्यसका कारणले ८० हजार घरधुरीको रुवाबासी चलेको छ,” उनले भने, “यो फैसला कसरी आयो, कसले भूमिका खेल्यो ।”
“अहिले अधिकांश घरधुरीलाई बैंकले धितो परिवर्तन गर्न दबाब दिइरहेको उनले बताए । “अलिकति जग्गा धितो राखेर घर बनाएका उनीहरूले कहाँबाट धितो परिवर्तन गर्नु,” उनले भने, “यसप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
सर्वोच्च अदालतले नदीबाट कम्तीमा २० मिटर छाड्नुपर्ने फैसला गरेको छ । कम्तीमा २० मिटर छाड्नुपर्न प्रावधानपछि नदी किनार वरिपरि बस्ने घरधुरिहरूलाई अन्याय भएको सांसद चालिसको भनाइ छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ४ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ५ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ६ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ७ विश्वकप : मोरक्कोको पहिलो जित

तपाईको प्रतिक्रिया दिनुहोस