सञ्चारकर्मी अधिकारीको अभिनयमा दसैँ खर्च सार्वजनिक
काठमाडौं/ ९ असाेज, लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ।
गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको पिडा उजागर गरेर खर्च दसैँलाई बोलको गीत तथा भिडियो तयार पारेका छन्।
भिडियोमा सञ्चारकर्मी संगिता अधिकारीको अभिनय रहेको छ। त्यस्तै गीतमा भीम बगाले, मनोज केशी लगायत बाल कलाकार आशिन अधिकारी र युनेश कार्कीको अभिनय रहेको छ। गीतकार तथा निर्देशक साजन पराजुलीको शब्द रहेको गीतमा एरेञ्ज तथा संगीत सुफिक्स मदनको रहेको छ।
गीतको निर्देशक पछिल्लो समयका निकै व्यस्त तथा चर्चित निर्देशन उमेश कार्की युकेको रहेको छ भने शब्द र छायाङकन साजन पराजुलीको रहेको छ।
एरिका डिजिटल स्टुडियोमा रेकडिङ तथा साझा क्रियसन प्रालिद्वारा निमार्ण गरिएको उक्त “खर्च दसैँलाई” बोलको गीत गायक घमेश दुलालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय समिति गठन
- ४ काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
- ५ देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
- ६ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ७ विश्वकप : मोरक्कोको पहिलो जित

तपाईको प्रतिक्रिया दिनुहोस