ल्यार्चामा हिमपाइप राखेर चीनसंग जोड्ने अरनिको राजमार्ग सञ्चालन
सिन्धुपाल्चोक/ १९ असोज, पूर्वमन्त्री एवम् नेपाली कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको सक्रियतामा अरनिको राजमार्ग पुनः सञ्चालनमा आएको छ । असोज ११ र १२ गतेको वर्षाको कारणले गर्दा चीनसँग जोड्ने अरनिको राजमार्ग अन्तर्गतको ल्यार्चा खोलाको बेलिब्रिज बगाएपछि अबरुद्ध बनेको सडक आज हिमपाइप राखेर सञ्चालनमा ल्याइएको हो । राजधानी काठमाडौंलाई चीनसंग जोड्ने यो महत्वपूर्ण सडकमा आजैबाट सामान बोक्ने कन्टेरहरु सञ्चालन हुने जानकारी गराइएको छ।
पूर्वमन्त्री बस्नेतको अग्रसरतामा भोटेकोसी गाउँपालिका र सडक डिभिजनको प्रयासमा लार्चामा हिमपाइप राख्ने काम सम्पन्न भई अस्थायी रुपमा सवारी आवत जावत भएको भोटेकोसी गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले जानकारी गराउनुभयो । सडक सञ्चालनका लागि उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्धराज बस्नेत, चीन जोड्ने नाकामा रहेका विभिन्न ट्रान्सपोटहरु, सडक बिभागलगायत सम्बन्धित निकायहरु, स्थानीयहरु समेतको सहयोगले सार्थकता पाएको शेर्पाले बताउनुभयो ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ विश्वकप : मोरक्कोको पहिलो जित
- ७ भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

तपाईको प्रतिक्रिया दिनुहोस