Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिरास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने

    रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने


    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए ।

    विहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल पश्चात उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई समारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताए ।

    उनले भने, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन् । अहिले लोकतान्त्रिक विधि र पद्धतीमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दमम एकै ठाँउमा थियौं । प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई समारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुदैँन् । त्यतिबेलासम्म हामी तपाइँलाई साथ दिन्छौ भनेर भनेका छौ ।’

    प्रधानमन्त्रीले संसदलाई फेस गरेर जवाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद फेस गर्न आफूहरुले सुझाव दिएको उनले बताए ।

    उनले भने, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसदलाई फेस गर्छु । किनभने मैंले संसदलाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईहरुले साथ दिनुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभाये । जतिसक्दो छिटो संसदलाई फेस गर्ने काम मिलाउनु होला भन्यौं । यसबारेमा पार्टीमा आन्तरिक छलफल गर्छौ र जानकारी दिन्छौ भनेर हामी निस्किएका हौं ।’

    उनीहरु रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरुको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT