Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठखेलकुदमलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा

    मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा


    काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपाल उपाधिनजिक पुगेको हो ।

    मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । पहिले ब्याटिङ गर्दै मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमै भेट्टायो । नेपालका ओपनर परिमार्जन यादवले ३५ बलमा ५९ रनको विष्फोटक इनिङ खेल्दै जितसम्म पुर्‍याए ।

    शिवान्स बजगाईं २३ रनका अविजित रहे ।यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया ४३ ओभर १ बलमा ९० रनमा समेटिएको थियो । मलेसियाका मुहम्मद फातुल मुइनले ३८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।

    बलिङमा नेपालका अभय यादवले सर्वाधिक ४ विकेट लिए । शुभम खनालले ३, कप्तान विपीन शर्मा र सचिव भट्टले एकएक विकेट लिएका थिए ।

    गत संस्करणको फाइनलमा पनि नेपालले मलेसियालाई नै २२१ रनको फराकिलो अन्तरले हराउँदै च्याम्पियन बनेको थियो। यसपटक पनि नेपाल उपाधि रक्षा गर्ने लक्ष्यमा छ । अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिबार खेल्ने छ |




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित

    काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित

    विश्वकप : पानामालाई क्रोएसियाले हरायो

    काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको

    इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश

    काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार

    उरुग्वेसँग केप भर्डेको रोमाञ्चक बराबरी, विश्वकपमा २–२ को नतिजा

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा उरुग्वे र केप भर्डेले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। अमेरिकाको फ्लोरिडास्थित

    नेदरल्यान्ड्सको शानदार प्रदर्शन, स्विडेनमाथि ५–१ को फराकिलो जित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार जित निकालेको

    विश्वकप : मोरक्कोको पहिलो जित

    काठमाडौँ। मोरक्कोले विश्वकप २०२६ मा पहिलो जित दर्ता गराएको छ ।समूह ‘सी’को दोस्रो चरणमा आज विहान भएको खेलमा स्कटल्याण्डलाई उसले

    Techie IT