Techie IT
  • The Film Nepal
  • २०८३ असार १० बुधबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रनियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री

    नियमसङ्गत चलाएमा सहकारीहरु डुब्दैनन् र यसले कसैलाई डुबाउँदैन : प्रधानमन्त्री


    काठमाडौँ/ २९ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताउनुभएको छ ।
    सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताउनुभयो ।
    अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार अनियमतता, बेथिति, ठगी, कीर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि स्पष्ट गर्नुभयो ।
    “विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।”




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५

    नेप्सेमा २६ अङ्कको गिरावट, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

    काठमाडौँ | धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब…

    काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ

    सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको सुन २ लाख ८८ हजार ७…

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला

    राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

    Techie IT