Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारदेशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक – गृहमन्त्री लेखक

    देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक – गृहमन्त्री लेखक


    धनगढी/४ मंसिर, गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताउनु भएकाे छ। मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरु भएकाे प्रदेश स्तरिय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलाे आवश्यकता शान्ति कायम गराउनु भएपनि यससंगै मर्यादित र अनुशासित पनि बन्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे ।
    “सबैभन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षासंगै अनुशासन पनि कायम गराउन जरुरी छ।” उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेकाे उपनिर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयाे । गृहमन्त्री लेखकले भन्नुभयाे- “लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हाे, यसकाे रक्षा र सुदृढीकरण गर्नु हामी सबैकाे दायित्व हाे ।” उहाँले लाेकतन्त्र मर्यादित ब्यबस्था भएकाे बताउँदै लाेकतन्त्रमा अनुशासन अनिबार्य रहेकाे उल्लेख गर्नुभयाे।
    गृहमन्त्री लेखकले सीमानाकामा हुने राजस्व चुहावट, लागुओैषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिनुभयाे । उहाँले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भन्नुभयाे – “तपाईहरुले काम गरिराख्नु भएकाे छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।” उहाँले सुरक्षा गाेष्ठी ओैपचारिकतामा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेशकाे शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी याेजना बनाउने बताउनुभयाे ।
    गृह सचिव गाेकर्णमणी दुवाडीकाे अध्यक्षतामा सुरु भएकाे सुरक्षा गाेष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नाै वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतकाे सहभागीता रहेकाे छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    Techie IT