Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीति‘जनप्रतिनिधिले वी.पी. आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’

    ‘जनप्रतिनिधिले वी.पी. आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’


    ललितपुर/२५ भदौ : स्मृतिमा वी.पी. बिषयक बिचार गाेष्ठीमा धारणा राख्ने वक्ताहरुले जनप्रतिनिधिले वी.पी. आदर्शलाई भाषणमा भन्दा व्यवहारमा लागू गर्न सक्नुपर्छ भन्नेमा जाेड दिनुपर्ने बताउनुभएको छ। १११ ओैं नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिद्वारा साेमबार यहाँ आयाेजित “स्मृतिमा वी.पी.” बिषयक बिचार गाेष्ठीमा मन्तव्य राख्नुहुँदै अग्रज वक्ताहरुले समयकाे पदचापलाई पछ्याउँदै आदर्श, सिद्धान्त, दर्शन र खाेजमा आधारित रहेर व्यवहारिक काम गर्नुपर्छ भन्नेमा जाेड दिनुभएको हाे ।
    मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वी.पी.काे साेच अनुसारकाे चेतनालाई हरेक जनप्रतिनिधिहरुले व्यवहारमा लागू गर्न सक्नुपर्नेमा जाेड दिनुभयो।
    “वी.पी. लाई पर्व विशेष र दिन विशेषमा सम्झिने भन्दा पनि दिनप्रतिदिन व्यवहारमा लागू गरेर हिडाैं, त्याग गर्न सकाैं, पद ठुलाे हैन, लक्ष्य र चिन्तन ठूलाे हाे।” उहाँले भन्नुभयो ।
    उहाँले सधैंभरि संघर्षकाे यात्रा गर्ने वी.पी., १२ लाख विगाहा जमीन छाेड्न सक्ने सुवर्ण शम्शेर र प्रधानमन्त्री पद पाउँदा नलिने गणेशमानकाे पार्टीमा अहिले पद नपाउँदा पार्टी छाेड्छु भन्नेहरु हावी रहेकाे भन्दै यसलाई चिर्न आवश्यक रहेकाे तर्फ ध्यानाकर्षण गर्नुभयो ।
    उहाँले पार्टीका विभिन्न तहमा रहेका नेतृत्वले अग्रज नेतालाई सम्मान गर्नुपर्छ भन्नुभयो। “राजनीति चेताना र चिन्तन हाे, धनी र गरिवका आधारमा मान्छेलाई विभेद गरिनुहुँदैन भन्ने उहाँकाे हाे, गरिवमैत्री र वितरणमुखी अर्थतन्त्र वी पी सिद्धान्त हाे, अव वी पीकाे आदर्शकाे भाषण गर्ने भन्दापनि व्यवहारमा लागू गर्न सक्नुपर्छ, व्यवहारले वी पी काे चिन्तनलाई लागू गर्ने हाे भने कांग्रेस सधै अगाडि हुन्छ। उहाँकाे साेच अनुसारकाे चेतनालाई लागू गर्न सक्नुपर्छ।” बानियाँले भन्नुभयो ।
    कांग्रेसले कसैलाई लाद्ने काम गर्दैन भन्नुहुँदै उहाँले वी. पी. चिन्तन र चरित्रलाई लागू गर्ने हाे भने बिचार, व्यवहार, आचारण, चेतना र चिन्तनले क्रियाशील भएर सामुहिक हीतमा लाग्नुपर्छ भन्नुभयो । संघर्षको यात्रा वी पीकाे चिन्तन हाे भन्नुहुँदै उहाँले फटाहा प्रवृत्तिका मान्छेलाई वी. पी.ले सुकिलामुकिला भन्नुभएको हाे भन्ने धारणा राख्नुभयाे ।
    नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठले वी. पी.ले सरकारकाे नेतृत्व गरेर १५ वर्षमा सारा नेपालीलाई म जस्तै हाराहारीमा पुर्‍याउनु पर्छ भन्नुभएको थियाे भन्नुभयो ।
    “वी.पी.काे अन्तिम समयमा एक वर्ष जति निरन्तरसंगसंगै रहने अवसर पाँए, सारा नेपालीलाई खान, बस्न, पढ्न र हरेक क्रियाकलापका लागि सक्षम बनाउनुपर्छ भन्ने उहाँकाे धारणा थियाे, जनताको जीवनस्तर उकास्ने उहाँकाे साेच थियाे, वी. पी. वाद एउटा चरित्र हाे, उहाँले जानेका कुरा आफैंमा प्रयाेग गर्नुभयाे, ३२ वर्षकाे उमेरमा माेहन शम्शेरकाे पालामा गृहमन्त्री हुनुहुन्थ्यो, सिद्धान्तभन्दा चरित्रवादी हुनुहुन्थ्यो।” श्रेष्ठले भन्नुभयो ।
    इतिहास भनेकाे भविष्यका लागि निर्देशन गर्ने हाे भन्नुहुँदै उहाँले यसलाई अवलम्बन गर्दै अगाडि बढ्ने हाे भन्नुभयो ।
    वी.पी. काे नेतृत्वमा गठन भएको सरकारले १८ महिनामा भएको जति गतिमा विकास अहिलेसम्म कुनै सरकारकाे पालामा हुन सकेको छैन भन्नुहुँदै श्रेष्ठले वी.पी. काे व्यवहारवादी चरित्रलाई अवलम्बन गर्नुपर्छ भन्नुभयाे।
    “अहिले पार्टीभन्दा गुटउपगुट हावी हुँदा पार्टी कमजोर भएको छ, वी.पी. काे समयमा पार्टीमा कुनै सदस्य केही समय हरायाे भनेपनि खाेजी हुन्थ्यो, वी.पी.लाई सैद्धान्तिक रुपले भन्दा पनि व्यवहारिक रुपले बुझ्नुपर्छ,  सत्ताकाे हिसाबले असफल भएपनि जनताको हीतका पक्षमा व्यवहारवादी हुनुहुन्थ्यो।” उहाँले भन्नुभयो ।

    बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले  २०३६ सालकाे जनमत संग्रहकाे समयमा वी. पी.ले ललितपुरको चापागाउँमा सम्बाेधन गर्नुभएको स्मरण गर्नुहुँदै वी.पी.ले देशमा प्रजातन्त्र ल्याउन हामीले धेरै मेहनत गर्याै, अब वहुदलीय व्यवस्था आएपछि २०१५ सालमा आफू प्रधानमन्त्री हुँदा अवलम्बन गरेका नीति लागू हुनेछन् भन्नुभएको थियाे भन्नुभयो ।
    जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले वी. पी. काे आदर्श र चरित्रलाई अवलम्बन गर्ने पार्टी नेपाली कांग्रेसले अव ललितपुरमा जनतामा जाँदा कुनै दाग नदेखिने र पार्टीको अनुशासनमा रहने निष्ठावान व्यक्तिलाई उम्मेदवार बनाउने जानकारी गराउनुभयाे ।

    ललितपुर क्षेत्र नं. २ का सभापति महेश खड्काले  वी.पी दक्षिण एसियाका समाजवादी चिन्तक भएको भन्दै उहाँले छाेटाे समय शासनसत्ता सम्हाल्दा जनताको स्थिति सुधार्न ठूलाे प्रयत्न गर्नुभएकाे भन्दै वी.पी. काे आदर्शलाई सम्मान गर्न पार्टीले नीति,विधि र सिद्धान्तलाई सही प्रयाेग गर्दै इमानदारीपूर्वक जनताको जीवनस्तर बदल्न काम गर्नुपर्ने बताउनुभयो ।
    ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङले जनताकाे बलवाट नै पार्टी निर्माण हुने हुँदा जनताको भावना अनुकूल काम गर्नुपर्ने र चाकडीबादी प्रबृत्तिलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
    ललितपुर महानगरका पूर्व उपप्रमुख एवम् महिला संघ ललितपुर अध्यक्ष गीता सत्यालले वी पीकाे समाजवादलाई पछ्याउँदै हिड्न सकेमा नेपाली कांग्रेसलाई कहिल्यै कसैले हराउन नसक्ने भन्दै वी पीकाे आदर्शलाई अंगिकार गर्दै कांग्रेसकाे मुख्य एजेन्डालाई अगाडि बढाइनुपर्ने बताउनुभयो ।नेपाली कांग्रेस ललितपुर महानगर सभापति शुभानन्द धाख्वाले वी.पी.ले जीवनभर संघर्ष गरेर देश र जनताकोलागि राजनीति गरेको भन्दै जनताको शिक्षा र स्वास्थ्यमा लागि उहाँकाे जाेड थियो भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    रास्वपाको बन्दसत्र आजदेखि सुरु हुँदै, नयाँ नेतृत्व चयन प्रक्रिया बुधबारसम्म…

    काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसोदेखि सुरु हुने भएको छ । प्रतिनिधि विवादका कारण सोमबार

    रास्वपाको बन्दसत्र आज, महाधिवेशन कार्यतालिका प्रभावित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसत्र आज अपराह्न हुने भएको छ । महाधिवेशन प्रतिनिधि छनोटसम्बन्धी विवादका कारण सोमबार

    आज अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै, न्याय र आर्थिक सशक्तीकरणमा…

    काठमाडौं ।  आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय,

    Techie IT