Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठराजनीतिकांग्रेस सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको

    कांग्रेस सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको


    काठमाडौं – उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्वमा रहेका सबैले राम्रो काम गरे पार्टी आफैँ सुध्रिने बताउनुभएको छ । कांग्रेस वाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै पार्टी उपसभापति खड्काले पार्टीलाई सुधार गर्ने जिम्मेवारी वर्तमान नेतृत्वको रहेको (आफुहरुको ) बताउनुभएको हो ।

    शनिबार आयोजित कार्यक्रममा उपसभापति खड्काले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने पनि बताउनुभयो । ‘वाग्मती प्रदेश सम्मेलनले पार्टीलाई एकताबद्ध बनाएको छ । यहाँ आएका सुझावहरूबाट हामीलाई प्रेरणा मिलेको छ,’ उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा सुधारिएको व्यक्ति आएमा र हामीले आफैँमा सुधार ल्याएमा पार्टीमा पनि सुधार हुने हो । हाम्रो पार्टी भगवान्, वीपी र गणेशमान आएर सुधार गर्नुहुन्न, हामीले नै गर्ने हो ।’
    पार्टी सुधारका लागि जिम्मेवार पदमा रहेकाहरूले काम गर्नुपर्ने उपसभापति खड्काको भनाइ थियो । ‘जिम्मेवारीमा भएकाहरूले बोलेर मात्रै हुँदैन । सबैलाई जोडेर संविधान बनाउन सक्ने पार्टीले आफ्नै पार्टी बनाउन नसक्ने भन्ने हुँदैन,’ उहाँको भनाइ थियो । पार्टीले विगतमा गरेका कमजोरी दोहोर्‍याउन नहुने खड्काको भनाइ थियो ।
    उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति खड्काले गणतन्त्रले जनतालाई मालिक बनाएको स्मरण गराउनुभएको थियो । गणतन्त्रलाई हल्लाउने प्रयास भइरहेको बताउँदै उहाँले
    संविधानको रक्षा कांग्रेसले गर्ने बताउनुभएको थियो । संविधानको आवश्यकताअनुसार संशोधन कांग्रेसले गर्ने तर त्यो परिवर्तनको पक्षमा रहने पनि उहाँको भनाइ थियो । ‘जनता मालिक भएको संविधानप्रति हामी इमानदार हुनैपर्छ,’ उहाँले भन्नुभयो ।
    सरकारले इमानदारितापूर्वक काम गरेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । ‘सरकारले सबै ठीक गर्‍यो वा सरकारले सबै बेठीक गर्‍यो भन्ने दुवै भनाइ गलत छन् । सरकारले इमानदारितापूर्वक मध्यम काम गरेको छ, सत्य यही हो,’ उहाँले भन्नुभयो, ‘तर, गरेको काम गरेको भनिदिनुपर्‍यो । सकरात्मक सोचले सदाचारका लागि गरिरहेका प्रयासलाई पार्टीले बिर्सिनु भएन ।’
    पार्टी सभापतिसँग गुनासो के का लागि हो भन्ने पनि उपसभापति खड्काले प्रश्न गर्नुभएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व आगामी महाधिवेशनबाट छोड्ने घोषणा गरिसक्नुभएको अवस्थामा राम्रो काम गरेर कमजोरी सुधारी अघि बढ्नुपर्ने खड्काले भन्नुभयो । पार्टीका कमजोरी भए पनि देशमा जति प्रगति भएको छ त्यो कांग्रेसको नेतृत्वमा भएको उहाँको भनाइ थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा मतदान हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्। बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख

    Techie IT