Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठखेलकुदआजका कैदी भाेलीका जिम्मेवार नागरिक बन्न सकून् – मन्त्री लामिछाने

    आजका कैदी भाेलीका जिम्मेवार नागरिक बन्न सकून् – मन्त्री लामिछाने


    ललितपुर/ २९ भदौ: बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले आजका कैदी भाेलीका जिम्मेवार नागरिक बन्न सकून् भन्ने धारणा राख्नुभएको छ।
    सञ्चार रजिस्ट्रारकाे कार्यालय परिसर ललितपुरमा आज शुक्रबार आयाेजित उपत्यकाका तीन जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेशभित्रका विभिन्न ८ वटा कारागार कार्यालयहरुलाई खाना पकाउने विद्युतीय यन्त्र, सिलाई मेसिन र कम्युटर हस्तान्तरण पश्चात् मन्तव्य राख्नुहुँदै उहाँले आजका कैदी कैद भुक्तान गरेर निस्कँदा भाेली समाजका जिम्मेवार नागरिक बन्न सकून् र समाजमा फर्केर जीवनयापन गर्न उनीहरूकाे स्वास्थ्यमा ध्यानदिनका साथै सीप विकासमा जाेड दिन मन्त्रालयले कार्यक्रमहरु तय गरेको बताउनुभएको हाे ।
    “कारागार व्यवस्थापन संघ र प्रदेशकाे संयुक्त जिम्मेवारीभित्र पर्छ, यसकाे सुधारका लागि निरीक्षण गरेर कार्ययोजना तय गर्ने साेच छ, आजका कैदी बन्दीहरु सधै कैदी हुँदैनन्, उनीहरुलाई समाजमा घुलमिल हुन सक्ने अवस्था तयार गर्नुपर्छ, कारागार व्यवस्थापन प्रहरीसंग जाेडिएकाे छ, यसका लागि सहकार्य गर्ने छाैं, नपुग सामग्रीहरु आगामी दिनमा व्यवस्थापन गरिनेछ।” उहाँले भन्नुभयो ।
    मन्त्री लामिछानेले आगामी वर्षकाे बजेटमा नपुग भएका कामहरूकाे सम्बाेधन गर्ने भन्दै हस्तान्तरित सामग्रीहरु सुरक्षा अपनाएर उपयाेग गर्न आग्रहसहित आगामी दिनहरूमा आवश्यकताका आधारमा सकिने कामहरु गर्ने छाैं भन्नुभयो।
    उहाँले संघीय प्रहरी ऐन नबन्दा सुरक्षा समन्वयमा असहज भएको बताउनुभयो ।”संविधान बनेको सात वर्षसम्म पनि संघीय प्रहरी ऐन आउन नसक्दा समस्या भएको छ। समन्वयमा सहज हुन नसकेकाे अवस्था छ।” उहाँले भन्नुभयो ।
    कारागार व्यवस्था विभागका महानिर्देशक अनुज भण्डारीले याे कार्यले संविधानले दिएकाे साझा अधिकारलाई कार्यान्वन गर्न सहज भएको भन्दै आगामी दिनमा कार्यक्रमका लागि बजेटकाे तयारी गर्दा नै समन्वय गर्न आग्रह गर्नुभयो । “आगामी दिनमा कार्यक्रमहरुका दागि बजेट व्यवस्थापन गर्न समन्वय गर्नुपर्ने छ, हाम्रो बजेटहरुमा दाेहाेराे नहाेस्, कारागार कार्यालयहरुलाई काम सञ्चालनमा पनि सहज हाेस्।” उहाँले भन्नुभयो ।
    प्रदेश मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले कारागार व्यवस्थापनकाे जिम्मेवारी प्रदेश सरकारकाे क्षेत्रभित्र परेकोले उक्त जिम्मेवारीलाई सम्बाेधन गर्न प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय लागि परेको बताउनुभयो ।
    “हामीले कैदीहरुकाे सीप विकासका लागि समेत उपयाेगी हाेस् र कारागारबाट छुटेपछि आयआर्जन गर्न सकाेस् भनेर सिलाइ मेसिन समेत हस्तान्तरण गर्न लागिएको हाे। खुला कारागार अवधारणाका आधारमा लघु उद्यम कार्यक्रमका लागि २५ लाख विनियोजन गरेको छ, भविष्यमा मागका आधारमा सीपमूलक तालिम पनि सञ्चालन गरिने छ।” उहाँले भन्नुभयो ।
    मन्त्रालयले अघिल्लो आर्थिक वर्षकाे बजेटबाट खरिद गरेको २५ किलाे भन्दा बढि चामल एकै पटक विद्युतीय माध्यमबाट खाना पकाउने साधन(राइस स्टिमर) सिलाई मेसिन र कम्युटर उपत्यकाका तीन प्रहरी कार्यालय र नुवाकोट, सिन्धुली, रामेछाप, धादिङ, चितवन, रसुवा, मकवानपुर र सिन्धुपाल्चोकका कारागार कार्यालयलाई हस्तान्तरण गरेको हाे । 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित

    काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    विश्वकप : पानामालाई क्रोएसियाले हरायो

    काठमाडौँ।विश्वकप फुटबलअन्तर्गत भएको खेलमा Croatia ले Panama लाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। खेलको

    Techie IT