Techie IT
  • The Film Nepal
  • २०८३ असार ११ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रआइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा

    आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा


    काठमाडौं । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ ।

    नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा विक्री सुरु गरेको हो । संचार तथा सुचना प्रविधी मन्त्रालयका सचिव रामकृष्ण सुवेदिले बिहिबार आयोजित कार्यक्रममा सो मोडलका स्मार्ट फोन लन्च गरेका हुन ।
    सुवेदीले सो स्मार्ट फोन लन्च गर्दै सरकारले आगामी दशकलाई आइटी दसकका रुपमा मनाउने घोषणा गरेकाले मोबाइलको बढ्दो प्रयोगले आइटी दसकलाई प्रभावकारी बनाउने बताए ।

    उनले समाज डिजिटल युगमा प्रवेश गरेको र मोबाइल बिना मानिस एक्लो हुने अवस्था सृजना भैसकेकाले सरकारको फोकस अहिले मोबाइल नेटवर्कका लागि `हाइ वे´ कभरेजमा केन्द्रित रहेको बताए।

    `चाहे खोल्सी होस, डाँडा पाखा, जंगल सबै तिर सेवाको कभरेज हुनु पर्छ, सरकारको योजना हाइवेको कभरेजमा केन्द्रीत छ,´ सुवेदीले भने। सुवेदीले मोबाइलको दोस्रो पटकको बिक्री (सेकेन्ड ह्यान्ड कारोबार) लाई समेत कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए । त्यसले देशको पैसा देशमा नै रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।

    नयाँ लन्च भएको मोडल पी ५५ मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन् । जसमा चार जीबी र्याम प्लस १ सय २८ जीवी रोम (चार प्लस आठ) र अर्को आठ जीवी र्याम प्लस १ सय २८ जीवी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ । ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन् । जसको खुद्रा मूल्य क्रमश १२ हजार ४ सय ९० र १४ हजार नौ सय ९० तोकिएको छ।

    आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता रहेको छ ।
    ग्राहकको उचित मुल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पुरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत सन्तोष भण्डारीले जानकारी दिए ।

    उनले ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने बताए । सो सुविधा देशभरका ५० सर्भिस सेन्टरबाट लिन सकिने उनको भनाइ छ । सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ ।

    ब्यवसायीलाई १० प्रतिशत मार्जिन
    आइटेलले मोबाइल ब्यवसायमा आबद्ध खुद्रा ब्यवसायीलाई आइटेलका कुनै पनि ब्राण्डमा १० प्रतिशत मार्जिन दिने गरि सम्झौता गरेको छ।
    नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई र आइटेलका लागि नेपालको बिक्रेता महालक्ष्मी मोबाइलका कार्यकारी अधिकृत संतोष भण्डारीले मार्जिन सम्बन्धि लिखित रुपमा नै दुई पक्षिय सम्झौता गरेका हुन । भण्डारीले अब देखि आइटेलका कुनै पनि मोडलका सेटमा ब्यवसायीलाई १० प्रतिशत मार्जिन उपलब्ध गराउने बताए ।

    मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भट्टराईले ब्यवसायीको मार्जिन बढ्दा त्यसबाट ग्राहकलाई भार नपार्ने गरि सम्झौता भएको बताए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अत्यधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालय चार दिन बन्द

    वीरगञ्ज । अत्यधिक गर्मी र बढ्दो तापक्रमका कारण वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका सबै विद्यालयमा चार दिनका लागि बिदा घोषणा

    रास्वपाको महाधिवेशनमा मध्यरातदेखि मतदान सुरु, १८ सय मत खस्यो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ ।

    बेनी–जोमसोम सडकखण्डमा पहिरो : इभी चालकको मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

    रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार…

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने

    नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित

    काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १४.४५

    बालेन शाह सचिवालयका तीन सदस्य रास्वपाको केन्द्रीय समितिमा उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह को सचिवालयसँग आबद्ध तीन

    Techie IT