अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक
काठमाण्डौं/ ९ असोज,गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालय सम्वन्धी बाहिर नकरात्मक टिकाटिप्पणी हुने गरेको भन्दै अध्यागमनको ‘इमेज’ सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बुधबार बिहान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्नुहुदै गृहमन्त्री लेखक अध्यागमनका बारेमा राम्रो बुझाई नभएको भन्दै यहाँ कुनै खालको अवाञ्छनीय गतिविधी भए कुनै हालतले स्वीकार्य हुने बताउनुभयो ।
विमानस्थलमा कार्यरत सरकारी अन्य संयन्त्रसित समन्वय गरेर काम गर्र्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
“ अन्र्तराष्ट्रिय विमानस्थल देशको ऐना हो ।” उहाँले भन्नुभयो–“ आउने मान्छेले नेपाल हेर्ने यही हो, र जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।”
गृहमन्त्री लेखकले अध्यागमनका सोर्हादपूर्ण, सहिशुण,नरम र सेवामुखी हुन जरुरी रहेको बताउनुभयो ।
सो क्रममा अध्यागमका कर्मचारीले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँको अभाव र कार्यालयका लागि भौतिक संरचना सुधार एवं कर्मचारीहरुलाई समयक्रम अनुसार तालिम प्रशिक्षण आवश्यक रहेको बताएका थिए । अध्यागमन अनुगमनमा गृहमन्त्री लेखकसंगै गृहसचिव गोकर्णमणि दुवाडी समेत विमानस्थल पुग्नुभएको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेप्सेमा दोहोरो अंकको गिरावट, सूचक २६६० बिन्दुमा सीमित
- २ ११ महिनामा सबैभन्दा बढी डिजेल आयात, कुल आयात १८ खर्ब ९४ अर्ब पुग्यो
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, नेपाल–चीन सहकार्य विस्तारमा जोड
- ५ राष्ट्रियतामाथि शंका नगर्न प्रधानमन्त्री बालेन शाहको आग्रह
- ६ विश्वकप : मोरक्कोको पहिलो जित
- ७ रास्वपाको प्रथम महाधिवेशन भरतपुरमा सुरु, रवि र बालेनले संयुक्त उद्घाटन

तपाईको प्रतिक्रिया दिनुहोस